बुधबार, भदौ १०, २०७७
एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लब छाड्ने निर्णय गर्दै मंगलबार क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउको नाममा लेखेको पत्र सार्वजनिक भएको छ ।
क्लबनिकट स्रोतले स्पेनिस संचारमाध्यमलाई उपलब्ध गराएको पत्र अनुसार मेस्सीले आफ्नो सम्झौतामा उल्लेख गरिएको प्रावधान अनुसार सम्झौता रद्द गर्न चाहेका छन् । मेस्सीले ब्युरोफ्याक्स मार्फत क्लबलाई पत्र पठाएका थिए । स्पेनको अदालतले आधिकारिक मान्ने ब्युरोफ्याक्स माध्यमको प्रयोग गर्दै मेस्सीले पत्रमार्फत सम्झौता रद्द गर्न भनेका हुन् ।
मेस्सीको पत्रमा यस्तो लेखिएको छ :
‘ यो पत्रको माध्यमबाट, म, लिओनेल आन्द्रेस मेस्सी कुचीटिनि, आइडी नम्बर (खालि) बाट, अनुरोध गर्दछुकी क्लबसँग रहेको मेरो व्यावसायिक सम्झौता रद्द होस् । सम्झौतामा रहेको बुँदा नम्बर २४ ले मलाई यो अधिकार प्रदान गरेको छ ।
मेरो व्यक्तिगत विकास र व्यावसायिक सम्बन्ध विकासका लागि क्लबले मेरो यहाँको बसाइभर दिएको अवसरप्रति म आभारी छु ।
मैले यहाँ प्राविधिक र व्यक्तित्व विकासमा धेरै कुरा सिक्ने अवसर पाएँ । अहिले भने व्यक्तिगत कारण (खालि) का कारण म कठिन निर्णय लिन बाध्य छु । मलाई आशा छ मलाई क्लब व्यवस्थापनले सहज रुपमा समन्वय गर्नेछ ।’hamrokhelkud/from
यस्तो छ पत्र :




