मूल खबर

विश्वभर कोरोना अपडेटः २ करोड ४० लाख संक्रमित, ८ लाख २३ हजारको मृत्यु

१० भाद्र २०७७, बुधबार
पेरिस,

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसिया लगायत रहेका छन् ।

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक असर परेका १५ मुलुक

क्र.सं. देश संक्रमित निको भएका मृत्यु भएका

१ संयुक्तराज्य
अमेरिका ५९,५५,७२८ ३२,५४,२८२ १,८२,४०४
२ ब्राजिल ३६,७४,१७६ १८,४८,३९५ १,१६,६६६
३ मेक्सिको ५,६८,६२१ ३,९३,००० ६१,४५०
४ भारत ३२,३५,००० २४,६८,००० ५९,६३२
५ बेलायत ३,२७,००० – ४१,४४९
६ इटाली २,६१,००० २,०६,००० ३५,४४५
७ फ्रान्स २,४८,००० ८५,५२४ ३०,५४४
८ स्पेन ४,२३,००० – २८,९२४
९ पेरु ६,०७,००० ४,१४,००० २८,०००
१० इरान ३,६३,००० ३,१३,००० २०,९०१
११ कोलम्बिया ५,६२,००० ३,९५,००० १७,८८९
१२ रसिया ९,६६,००० ७,७९,००० १६,५६८
१३ दक्षिण अफ्रिका ६,१३,००० ५,२०,००० १३,३०८
१४ चिली ४,००,००० ३,७४,००० १०,९५८
१५ बेल्जियम ८२,४४७ १८,२९१ ९,९९६

विश्वभर २,४०,६३,००० १,६६,१३,२२५ ८,२३,५६०

newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button