खबर

अश्वेतमाथि भएको गोली प्रहारको बिरोधमा प्रदर्शन जारी, विस्कोन्सिनमा स्टेट इमरजेन्सीमो घोषणा

१० भाद्र २०७७

(एजेन्सी)
आफ्नै बच्चाहरुका अगाडी एक अश्वेतमाथि प्रहरीद्वारा गोली प्रहार भएको घटनाको विरोधमा अमेरिकाको विसान्सिनमा लगातार तेस्रो दिन पनि हिस्रक प्रदर्शन जारी छ ।
प्रदर्शनकारीले कयौं गाडीमा आगजनी गरेका छन् भने सरकारी भवनहरु तोडफोड गरेका छ । प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न राज्यका गभर्नर टोनी एवर्सले स्टेट इमरजेन्सीको घोषणा गरेको छ । गभर्नरले थप सुरक्षाका लागि नेसनल गार्ड पनि परिचालन गरेको छ ।
गत आइतबार प्रहरीले २९ बर्षिय अश्वेत जेकब ब्लेकमाथि गोली प्रहार गरेका थिए । जसको विरोधमा यो हिँसा भडकेको हो ।
यसअघि गत मेमा मिनिसोटामा अश्वेत जर्ज फ्लोयडको प्रहरीद्वारा भएको निर्मम हत्याको विरोधमा पनि पुरै अमेरिकामा विरोध भएको थियो । त्यतिबेला पनि प्रहरीमाथि बर्बरताको आरोप लागेको थियो । त्यतिबेको स्थिति यति सम्म गम्भिर भएको थियो कि वासिंगटनमा ह्वाइट हाउस बाहिर विरोध प्रदर्शन हिंस्रक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प गोप्य बंकरमा लुक्न बाध्य भएको थियो ।
जेकब ब्लेकका पिताले उनका छोराको शरीमा गोलीका कारण ८ वटा प्वाल बनेको दावी गरेका छन् । ब्लेकको शरीरको तल्लो हिस्साले काम गरिरहेको छैन । यो स्थिति स्थायी रहने वा ठीक हुँदै जाने हो भन्ने विषयमा डाक्टरहरुले प्रष्ट पारेको छैन । हाल शल्यक्रियापछि उनको स्थिति स्थिर बनेको छ ।
जेकबमाथि गोली प्रहारको घटना आइतबार साँझ करिब ५ बजे भएको थियो । जसको भिडियो अनलाइनमा पोस्ट गरिएको छ । भिडियो क्लिप सडकको अर्को साइडबाट खिचिएको हो । यसमा एक काला ब्यक्ती सडक पेटीमा हिँड्दै आफ्नो गाडी तर्फ अगाडी बढेको छ । गाडीमा ड्राइवर तर्फको धोका खोल्छ । त्यतिबेला नै बन्दुक तेस्र्याउँदै उनका पछाडीबाट आइरहेका अधिकारीहरु उमाथि चिच्याइरहेका हुन्छन् । जब ब्यक्ती चालकको तर्फको धोका खोलेर भित्र झुक्छ, एक अधिकारीले पछाडीबाट उनको सर्ट समातेर पछाडी तान्छ र गाडीमा गोली चलाउन शुरु गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button