खबर

पूर्वबेलायती राजदूत मोरिसको शव भेटियो

१६ भाद्र २०७७
एजेन्सी ।

करिब चार महिनादेखि बेपत्ता भएका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव फेला परेको छ ।

गत मे ६ तारिखदेखि बेपत्ता रहेका मोरिसको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मे ६ मा मर्निङ वाकमा निस्किएका मोरिस एकाएक बेपत्ता भएका थिए ।

मोरिस नेपालका लागि बेलायती राजदूतको रुपमा सन् २०१६ देखि ४ वर्ष कार्यकाल पूरा गरेर सन् २०१९ मा बेलायत फर्किएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button