कृषि र किसान

धानमा एकीकृत खाद्यतत्त्व ब्यवस्थापन

नेपालको कुल जनसंख्याको ६५% भन्दा बढी मानिस जनजिबनका लागि कृषिमा निर्भर छन् । कुल गार्हस्थ उत्पादनमाएकतिहाई भन्दाबढी योगदान कृषिको रहेको छ र धान,गहु,मकै ,कोदो आदि यहाँका प्रमुख खाद्यान्नबाली हुन धानबाली हाम्रो खाद्यान्नको प्रमुख आधार हो।धानबाली लगायत सम्पुर्ण बिरुवाको वृद्धि बिकासका लागि विभिन्नखाद्यतत्त्वको आवश्यकता पर्दछ।यतिबेला बिश्व नै संक्रमणको घडीमा घुमिरहेको छ।मानो रोपेर मुरि फलाउने सपना देखेका रास्ट्रका कर्मठ किसानहरु धानमा चाहिने उचित खाद्यतत्त्वको अभावमा छटपटिन परेको छ।यी पोषक तत्त्वहरु सुरु देखि नै सन्तुलित मात्रामा प्रयोग गर्न सकेमा मात्र धानको राम्रो उत्पादन लिन सकिन्छ।त्यसैले समयभन्दा अगावै नै खाद्यतत्त्वको बैकल्पिक ब्यवस्थापन गर्न सकियो भने अभावमा हुने सम्भावित उत्पादनमा ह्रासबाट बच्न सकिन्छ।युरियाको अभावमा अहिले किसानहरु भौतारिनु पर्ने अवस्था छ। त्यस्तै आपतकालिन समयका लागि हामी यस्ता बैकल्पिक बाटाहरु अपनाउन सक्छौ।

१. गाईवस्तुको पिसाब संकलन गरेर आधा पिसाब आधा पानी मिसायर धान खेतमा प्रयोग गर्दा राम्रो मानिन्छ।
२. जिवामृत बनाएर पनि प्रयोग गर्न सकिन्छ।जसका लागि गाइवस्तुको गोवर १०के.जि,.गाईवस्तुको पिसाब १० लि.अनि जागरी/भेली/दालको पिठो आदि१८०लि. पानीमा मिसाएर छर्न सकिन्छ।
३. तेल पिनेर रहेको पिना पनि धानमा प्रयोग गर्न सकियो भने धान उत्पादनमा पनि एकदम धेरै ह्रास आउदैन।

माथी उल्लेखित बिधिहरु अप्नाएर हामी युरियाको अभावलाई केही हद सम्म कम गर्न सक्छौ। यसरी स्रोतको प्रयोग गरेर पनि धानको उत्पादन बढाउन सकिन्छ।मलखाद कति प्रयोग गर्ने भन्ने कुरालाई धेरै कुराहरुले प्रभाव पारेको हुन्छ जसमध्ये कस्तो खालको बिऊ प्रयोग गर्दैछौ भन्ने कुरा पनि मुख्य पाटो हो। सामान्यत उन्नत जातलाई 80-100:60:40N:P:K अनि स्थानीय जातलाई 60:40:20 N:P:K के.जि प्रती हेक्टर का दरले सिफारिस गरिएको छ।

गोठेमल जमिनको तयारी गर्नु भन्दा १०/१५ दिन पहिले नै८-१० टन प्रती हेक्टर का दरले प्रयोग् गर्नुपर्छ। धान रोप्ने बित्तिकै युरिया छर्किनु उचित मानिदैन।युरिया एकै ठाउँमा राख्यौं भने चाडै पानीमा घुलिएर सजिलै सर्न सक्छ जसकारण नाइट्रोजन चुहावट भएर जान सक्छ।परिणामस्वरूप बिरुवाले पर्याप्त मात्रामा नाइट्रोजन लिन पाउदैन ।त्यसैले बिरुवा रोपेको २०/२५ दिनपछी कम पानी राखेर युरिया छर्किनुपर्छ।मलखाद र पानीको पनि अन्तर्निहित सम्बन्ध रहन्छ।पानी लगाउने अनि सुकाउने प्रकृया जारी राख्नुपर्छ जसले गर्दा नाइट्रोजन खेर जादैन।पानी धेरै भयो भने जरामा अक्सिजनको कमि हुन्छ त्यसैले पनि पानी दिदै सुकाउने प्रक्रिया आवस्यक छ।

कोशेबालीअन्तर्गतकाdhainchaa,sunhemp(सनही)जस्ता जरामा गिर्खा भयका बालिहरुले वायुमण्डलको नाइट्रोजन सोशेर लिने गर्दछन अनि माटो मलिलो बनाइदिन्छन।गहुँ काटिसकेपछी ढैचा लगाएर त्यसको १.५ महिना पछि फुल
फुल्ने बेलामा सो बिरुवालाई माटोमा जोत्दा माटोको कार्बन मात्रा बढनुका साथसाथै नाइट्रोजन मात्रा पनि बढने गर्छ जसले गर्दा माटो मलिलो हुन्छ। त्यसैगरी एजोला पनि नाइट्रोजनको स्रोतको रूपमा प्रयोग हुने निउरोको परिवारमा पर्ने झार हो।जुन आफै खेत पोखरीतिर तैरिरहेको पाइन सकिन्छ।जसलाई १/२ मुठी ल्याएर खेतमा हाल्यौ भने १५ / २० दिनमा खेतभरी हुन्छ।।यसले धानमा भैरहेको युरियाको प्रयोग कम्तीमा २५प्रतिशतले घटाउने सकिने बताइन्छ।
यी र यस्तै कुराहरुमा ध्यान दिइयो भने मल नहुदा पनि मलको अभावमा किसानहरुको पसिना ब्यर्थ पक्कै जानेछैन।यसरी बिश्व नै आक्रन्त बनेको बेला यसरि बैकल्पिक बाटाहरु अप्नाएर बिश्वको भोकमरी निवारणको सानै भए पनि हिस्सा बन्न सक्यौं भने हामिले कृषि प्रधान रास्ट्र भनेर गर्व गर्न सक्ने बाटाहरु खुल्नेछन।krishipatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button