खबर

भारत र चीनबीच सीमाक्षेत्रमा भएको झडपमा परी भारतीय सैनिकको मृत्यु

१७ भाद्र २०७७, बुधबार
newsofnepal
एजेन्सी ।

भारतीय र चीनीयाँ सैनिकबीच सीमाक्षेत्रमा भएको झडपमा परी भारतको विशेष सृुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ ।

शनिबार राति भएको झडपमा परी उक भारतीय सैनिकको मृत्युु भएको द गार्जियनले उल्लेख गरेको छ । यस अघि भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । झगडाको विषयमा भारतले भने चीनले आफ्नो भूमी मिच्दै आएको आरोप लगाएको छ ।

दुवै पक्षले आधिकारिक रुपमा झडपमा भएको हताहतीको विवरण भने बाहिर ल्याएका छैनन् । सीमाक्षेत्रमा तनाव बढ्दै गएपछि दुई देशले हजारौं संख्यामा सैनिक खटाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button