खेलकुद

सर्वियामाथि रसियाको सहज जित

शुक्रबार, भदौ १९, २०७७

एजेन्सी – युइएफए नेसन्स लिगमा रसियाले सर्वियामाथि सहज जित हात पारेको छ । घरेलु मैदान भिटिभी एरिनामा रसियाले सर्वियामाथि ३–१ को सहज जित हात पारेको हो ।

बिहीबार राति भएको खेलमा रसियाको जितमा कप्तान अर्टिम ज्युवाले दुई तथा काराभाइवले एक गोल थपे । सर्वियाका एलेक्सान्डर मिट्रोभिकले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा सबै चार गोल सम्भव भएको थियो । दोस्रो हाफको शुरुमै ४८औं मिनेटमा रसियाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको थियो । पेनाल्टी बक्समा मारियो फर्नान्डेसले रसियाका जेलिमखान बाकाइभलाई लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान अर्टिम ज्युवा चुकेनन् ।

६७औं मिनेटमा रोमन जबनिनको पासमा काराभाइवले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार सिधै गेलमा परिणत हुदा रसियाले खेलमा २–० को अग्रता बनायो । ७८औं मिनेटमा एलेक्सान्डर मिट्रोभिकले डार्काे लाजोभिकको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

तर त्यसको तीन मिनेटपछि कप्तान अर्टिम ज्युवाले गोल गर्दै रसियालाई ३–१ को सहज स्थितिमा ल्याए । सर्वियाका डिफेन्डरको गल्तीमा उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलरक्षक एन्टन सुनिनले रोक्ने कुनै अवसर नै पाएन ।

त्यसपछि थप गोल निस्कन नसक्दा रसिया ३–१ ले वियजी हुन सफल भयो । बल पोजेसनमा पकड बनाएपनि सर्वियाले रसियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।

यही समूहको अर्काे खेलमा हंगेरीले टर्कीमाथि १–० को झिनो जित निकालेको छ । हंगेरीको जितमा खेल सकिन १० मिनेट बाँकी रहँदा डोमिनिकिले गरेको गोल नै निर्णायक बन्यो । अब रसियाले हंगेरीसँग तथा सर्वियाले टर्कीसँग आइतबार राति प्रतिस्पर्धा गर्नेछ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button