
जनजाति मान्यताबारे सदनमा माग उठाइदिने विषयमा सांसदलाई ज्ञापन
सेप्टेम्बर 9, 2020
मङपु : युनाइटेड इन्डिजिनस गोर्खा कम्युनिटि फोरमले राज्य सभा सांसद शान्ता छेत्रीसित भेट गरेर 11 जात गोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिनुपर्ने मागलाई सदनमा उठान गरिदिने अपील गर्दै एउटा ज्ञापन चढाएको छ। सांगठनिक कार्यक्रममा उपस्थित हुन मङपु आइपुगेका राज्यसभा सांसद शान्ता छेत्रीलाई फोरमका महासचिव विनिता छेत्रीको नेतृत्वमा एउटा टोलीले भेटेर उक्त ज्ञापन सुम्पिएको बताइएको छ। उक्त भेट अवधि फोरमका सचिव विनिता लेप्चा लगायत संगठनका सचिव सचिन खवास उपस्थित थिए।
गोरामुमो नेता अजय एड्वर्डद्वारा समष्टिहरूको परिभ्रमण जारी
सेप्टेम्बर 9, 2020
दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डले समष्टिहरूको परिभ्रमण अभियानलाई जारी राख्दै विभिन्न ठाउँहरूमा गएर त्यहाँका जनतासित भेटेर तिनीहरूको समस्या तथा हाल खबर जान्ने प्रयास गरिरहेका छन्। यसैक्रममा तिनले सिंहमारी टकभर समष्टि पुगेर विभिन्न शाखाहरुमा भ्रमण गर्दै सिङतामको सडक निरीक्षण गरे। स्थानीय वासिन्दाहरुले उक्त सडक अति सोंचनीय अवस्थामा रहेको कारण मरमति गरिदिने तिनलाई अपिल गरेपछि भोलीदेखि नै उक्त सडक निर्माण गरिदिने भएका छन् । यसको साथै सिङताम निवासी आर्थिक अवस्था अतिनै कमजोर क्षयरोगले पीडित व्यक्तिलाई पनि औषधि साथै आर्थिक सहयोग गरे। गत केही दिन अघि स्थानीय सिङताम शाखामा 80 बिपन्न परिवारलाई राहत स्वरुप खाद्य सामग्रीहरु पनि वितरण गरेको लोवर सिङताम शाखाका सचिव उदय राईले जानकारी दिँदै स्थानीय सिङतामका वासिन्दाहरुको तर्फबाट धन्यवाद साथै आभार व्यक्त गरेका छन् । यस अवधि तिनले विभिन्न शाखा प्रशाखाहरुमा भ्रमण गरेर पार्टी कार्यकर्ताहरुसित भेटघाट गर्दै सांगठनिक गतिविधि विषयहरुमा पनि छलफल गरेको पार्टी सूत्रले जनाएको छ।
दार्जिलिङ नगरपालिकाका कर्मचारीहरू-द्वारा पेन डाउन आन्दोलन जारी

सेप्टेम्बर 9, 2020
दार्जिलिङ : स्थायीकरण लगायत अन्य विभिन्न मागमा आन्दोलनरत दार्जिलिङ नगरपालिकाका कर्मचारीहरूको दार्जिलिङ नगरपालिकामा पेन डाउन आन्दोलन जारी रहेको छ। दार्जिलिङ नगरपालिका कर्मचारी संगठनको ब्यानरमा कर्मचारीहरूले गत केही दिनदेखि धरना प्रदर्शनी लगायत अन्य कार्यक्रमहरू गर्दै आइरहेपछि मंगलबारदेखि पेन डाउन आन्दोलन शुरू गरेका छन्। संगठनको पक्षमा प्रणय शर्माले बताएअनुसार उक्त पेन डाउन आन्दोलन आगामी 14 सेप्टेम्बरसम्म जारी रहनेछ। यदि उक्त अवधि पनि कुनै प्रकारको सुनवाई नभए 24 सेप्टेम्बरदेखि 28 सेप्टेम्बरसम्म 24 घण्टे अनशन शुरू गरिने चेताउनी दिएका छन्।siliguritimes/from,india



