विचार

“नेपालमा कोभिड१९ चुनौती र अबको आर्थिकविकास

सुजनप्रसाद उप्रेती

चिनको हुवान प्रान्त बाट शुरुआत भएको विश्वव्यापि महामारी कोभिड १९ अर्र्थात कोरोना भाइरस आज सम्म विश्वका २१५ राष्ट्रमा फैलिसकेको छ।झन्डै १० लाख मानिसहरु यस प्राणघातक रोगबाट मृत्यु भइसकेका छन्।सङक्रमितको सङ्ख्या क्रमशः तिब्रता का साथ विश्वभर फैलिरहेको छ।यस बाट विश्व भरिका आम मानिसको जीवन शैलीमा प्रत्यक्ष ,अप्रत्यक्ष असर परेको छ।विश्वको कतिपय मुलुक ,वैज्ञानिक ,डाक्टर यस सम्बन्धि भ्याक्सिन औषधिको परिक्षण तथा खोजिमा दिन रात लागिपरेका छन,र पनि कुनै सफलता हात परिसकेको छैन ।यो अवस्थामा कोरोना सङक्रमितको सङ्ख्या नियन्त्रण गर्न प्रायः अधिकांश देशहरुले बन्दाबन्दि गरिराखेका छन्।
नेपाल मा पनि गत चैत ११ गते बाट आंशिक तथा पुर्ण रुपमा बन्दाबन्दी भइरहेको छ।यस बाट दैनिक ,आर्थिक ,समाजिक क्षेत्रमा नराम्ररी असर पुर्याएको छ। यस बिचमा नागरिक कोरोना भाइरस भन्दा पनि अनिश्चित र अस्वभाविक रुपमा फैलिएको अफबाह ,हल्ला ,तथा सरकार द्वारा जारि निषेधाज्ञा बाट दैनिक जिवनमा परेको प्रभाव ,समस्या तथा रोगको भय त्रास बाट गुज्रिरहेका छन। गरिब तथा विपन्न वर्गका दैनिक ज्याला मजदुरि गरेर जीवन चलाउने नागरिक हरु भोकभोकै बस्नुपरेको छ।थुप्रै मजदुरहरुले गरिखाँने ठाउँ रोजगारी गुमाएका छन । वैदेशिक रोजगारीका लागि गएका झन्डै २ लाख नागरिक ले आफ्नो रोजगारी गुमाएका छन,भने नेपाल भित्र झन्डै ५० हजार व्यक्तिले रोजगारी गुमाएका छन।देश भित्र रहेका पर्यटन ,उधोग,कलकारखाना ,निर्माण क्षेत्र ,उत्पादनमूलक क्षेत्र , पशुपालन जस्ता समग्र आर्थिक क्षेत्रमा विशेष रुपमा असर पुर्याएको छ।यसको असर विकसित देशको तुलना मा हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा अझ दिर्गकाल सम्म पर्ने निश्चित छ।राष्ट्रले लिएको दिगो विकास ,सम्वृद्दि का नारा समेत अनिश्चित दिशातिर धकेलिएको छ। कोभिड(ज्ञढ बाट सिर्जना भएका बेरोजगारी समस्या समाधान ,आर्थिक गतिविधि मा सुधार गरि राष्ट्रिय आयमा वृद्धि गर्ने जस्ता चुनौतीहरु राष्ट्र समक्ष छ।
यी र यस्ता चुनौतीहरुलाई संम्मभावनामा वदल्नको लागि सरकारले आधुनिक व्यवशाहिक कृषि ,फलफूल उत्पादन तथा निर्यात ,जडिबुटी जन्य वस्तु उत्पादन तथा निर्यात गर्ने वातावरण तयार गरि आयातमुखि बजारलाई निर्यातमुखि बजार ले प्रतिस्थापन गर्दै राष्ट्रिय आयमा सुधार गर्ने तर्फ लाग्नुपर्छ । विदेश बाट फर्किएका तथा स्वदेश मै बेरोजगार भइ बसेका युवा लाई शुन्य व्याजदरमा किस्ताबन्दी मा तिर्ने गरि ऋण प्रदान गरि आवश्यक सीप ,तालिम ,सहित व्यवशाहिक कृषि फलफूल उत्पादन तथा पशुपंक्षि पालन आवश्यक ऐन नियम निर्माण गरि व्यवशाहिक गाँजा खेति ,जडिबुटी खेति, चिया,अलैंची ,अदुवा ,कफि ,रेसम खेति जस्ता संम्मभावनायुक्त क्षेत्रमा लगानी तथा उत्पादन गर्न प्रोत्साहित गर्ने कार्यक्रमहरु ल्याउन जरुरी छ।
विश्वव्यापि फैलिएको यस गम्भीर मानवीय स्वास्थ संकट बाट सुरक्षित तथा सतर्क रहदै यसबाट सिर्जित आर्थिक संकट ,गरिबी ,बेरोजगारि ,भोकमरि जस्ता समस्या सँग लडाइँ गर्नका लागि संकट लाई संम्मभावना मा वदल्न आवश्यक छ। यसका लागि राज्य सरकार ,नागरिक सबै मा दिर्गकालिन योजना ,कार्यन्वयन तथा प्रतिवद्दता को आवश्यकता छ।अतः यो कोभिड (ज्ञढ महामारी संकट सामना गर्न सरकार तथा नागरिक समेत सचेत, सजग तथा सुरक्षित रहदै थप जिम्मेवारिका साथ आर्थिक गतिविधि लाई निरन्तरता दिदै संकट लाई सम्मभावना र समस्या लाई समाधानमा रुपान्तरण गर्न हातेमालो गर्दै अगाडि बढनुको विकल्प छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button