खबर

अखिल (क्रान्तिकारी)द्वारा कञ्चनपुरमा रक्तदान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती-महाकाली समन्वय समिति अन्तरगत कञ्चनपुर जिल्ला समितिको आयोजनामा रेडक्रस सोसाइटी शाखा कञ्चनपुरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्वव्यापी कोरोना संकटको सन्दर्भमा अखिल (क्रान्तिकारी)का ६ जनाले रक्तदान गरेका हुन् । ब्लड बैंकमा रगतको अभाव हुँदा आवश्यक भएको बेला सङ्गठनद्वारा रक्तदान गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

विश्वव्यापी रुपमा कोरोना सङ्कट गहिरिदै गएपछि अस्पतालहरुमा रगतको समस्या रहेको बेला अखिल (क्रान्तिकारी) ले एक कार्यक्रमको आयोजना गरी रक्तदान सम्पन्न गरेको हो ।२०७७, २७ भाद्र  , ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button