विचार

कुलमान र बदनामहरु

कुलमान घिसिङ्ग आजका हिरो अर्थात जतातै कुलमानको नाम छाएको छ । यसको एउटै मात्र कारण हो उनले आफ्नो जिम्मेवारीलाई ईमानका साथ पुरा गरे । लोडसेडिङ्गको हैरानीले सास्ती खेपेर हैरान भएका नागरिकले जब कुलमानको नेतृत्व बिद्युत प्राधिकरणमा पाए देखिने गरेर घिसिङ्गले काम गरे । उनले कुनै जादू गरेका होइनन् तर यति मात्र गरे आफ्नो जिम्मेवारीमा कुनै कसर बाँकी नराखी काम गरे । आज किन जनताले कुलमानको फेरि खोजी गरिरहेकाछन् कारण एउटै मात्र हो धेरै क्षेत्रका धेरै बदनामहरुका बीचमा उनले सुकाम गरे अर्थात नागरिकप्रति कुनै बेईमान गरेनन् । स्वभाविक हो कुनै एउटा कर्मचारी आफ्नो कार्यकाल पुरा गरेपछि सेवानिवृत हुन्छ र यो प्रकृयालाई अन्यथा मान्न हुदैन तर सबै क्षेत्रमा बदनामहरुको हालीमुहालीका बीच कुनलमानले आफ्नो कार्यकालमा जे गरे त्यसलाई नागरिकले प्रत्यक्ष महशुष गरे उनको कामको तारिफ गरे जो तारिफ योग्य पनि थियो र छ पनि तर यसको अर्थ यो होईन कि कुलमानको बिकल्प कुलमाननै होइन । किनकि अब जो कुलमानको स्थानमा आउँछ उसले कुलमानपथलाई पछ्याएर नयाँ कुलमान बन्ने हिम्मत गर्नु पर्छ । यहाँ धेरै यस्ता राष्ट्रसेवकहरुछन् जसले आफ्नो कार्यकालमा बदनाम भएनन् तर उनीहरु ओझेलमा परे। तर, बदनामहरुका कारण आज फेरि जनताले कुलमानको बिकल्प कुलमानै भनिरहेकाछन् यसको पनि कारण छ । राजनीतिदेखि जुनसुकै क्षेत्रमा देखिएको कमाउ र मोज गर भन्नेहरुको रमिताले वाक्क भएका नागरिक भोलीका दिनमा बिद्युत प्राधिकरणमा कुलमान भन्दा अझै केही गर्छु भन्ने कोही आउनेवाला छ भने पनि सारा रमिताले पत्याउने अवस्थामा छैनन् ।
आश्वासन, भाषण र सपनाको खेती र सरकारी कार्यालयमा हुने गरेका विविध कामबाट वाक्क दिक्क भएका जनताले पछिल्लो समयमा कुलमानबाट केही गर्दा केही हुनेरहेछ भन्ने जान्न र बुझ्न पाए । अब्बललाई भन्दा पनि आफ्नालाई ठाउँमा पु¥याउने आफन्तवाद र चाप्लुसीकै कारण भन्नु पर्छ आज त्यस्ता धेरै पूर्व कर्मचारीहरु पाखै बसका छन् जो कुनै दलको झण्डा भन्दा पनि जनताको काम गरेर चिनिएका थिए । आज पनि उनीहरुको हिजो योगदान र कार्यकुशलतालाई हेरेर विभिन्न आयोग र समितिमा लैजादा देश र जनताका लागि असलनै हुन्छ तर यो छेउछाउवादको मानशिकताबाट हाम्रा नेता भन्ने र सरकार चलाउनेहरु कहिल्यै बाहिर आउन सकेकाछैनन् र आज आफुले पाएको जिम्मेवारीलाई असल नियतका साथ काममा लगाउँदा सबै नेपालीले कुलमानलाई फेरि तिमी आउनु पर्छ भनेकाहुन् ।
नेपाल प्रहरीकै सानो उदाहरण दिने हो भने हेमन्त मल्ल र रमेश खरेल जस्ता प्रहरी अधिकृतले पनि आफ्नो कार्यकालमा स्याबास् पाएकै पात्र हुन् । आज बिभिन्न आयोगमा सरकारले नियुक्ति दिईरहँदा मल्ल जस्ता उपल्लो दर्जाका ईमान्दार प्रहरी अधिकृतहरु आज पनि ओझेलमा छन् । हेमन्त मल्ल मात्र होइन यस्ता धेरै पूर्व कर्मचारीहरुछन् जसले आफ्नो सेवा अवधिमा सफलता र ईमानपूर्वक आफ्नो जिम्मेवारी बहन गरे तर उनीहरु आज पनि कुनै दलको कार्यालय र दलका नेताका दैलामा गएर कुनै उपयुक्त ठाउँमा आफुलाई जिम्मेवारी दिनु प¥यो भनेर चाकडि गर्दैनन् किनकि हिजोका दिनमा पनि उनीहरुले कसैको चाकडि गरेनन् गरे त आफ्नो जिम्मेवारी पुरा गरे ।
आज जनताले कुलमानको माग सडकमै आएर गर्नु भनेको कुलमानको अनुहारले होइन उनको कामले हो । जनताले सडकमा कुलमानको कामको सम्मान गरेकाहुन् । मलाई त यस्तो पनि लाग्छ हाम्रा राजनीति गर्ने मान्छेहरुले पनि , सरकार चलाएकाहरुले पनि कुलमानकै जस्तो आफ्नो कामप्रति जवाफदेहिता र जनताप्रतिको उत्तरदायित्व बोध गरेर काम गरेका भए कति राम्रो हुनेरहेछ । आखिर जनताले त हरेकको काम र त्यसको परिणामलाई हेरेर सम्मान जनाउन सडक सम्म आउन सक्ने भएकारहेछन् तर हाम्रो राजनीतिक नेतृत्वले कहिल्यै यसप्रति चासो राखेन ।शायद कुलमानको कामको यो सम्मानले जसले जे जिम्मेवारी ईमानदारितापूर्वक निर्बाह गर्छु भनेर त्यो पदमा जान्छ उसले त्यही गर्नु पर्ने रहेछ भन्ने चेत अब भने खुल्नै पर्छ । अबका जनता मान्छेको पछि होइन उसको कामको पछि लाग्दा रहेछन् भन्ने हेक्का जसले जे काममा बदनामी कमाए उनीहरुका लागि सबक सिक्ने यो राम्रो अवसर पनि हो ।
तर एउटा कुरा हामी जो कोहीले पनि स्विकार्रनै पर्छ , हरेका चिजको बिकल्प हुन्छ , बिकल्पबिहिन केही पनि हुदैन । कुलमान घिसिङ्गले आफ्नो कार्यकालमा जे गरे उनले आम नेपालीबाट अहिले सम्मकै ठूलो सम्मान र स्याबासी पाएकाछन् र अब उनको स्थानमा जो आउँछ उसले कुलमानको यो जनप्रिय कामको अनुसरण नगरि धरै छैन । किनकि जनता नामको होइन कामको मूल्याङ्कन गर्ने न्यायधिस बनेकाछन् । यसर्थ कुलमानको सत्कर्मको सम्मान नेपालीले कहिल्यै बिर्सने छैनन् तर कुलमानको बिकल्प हुदैन भन्ने तर्क पनि आफैमा सान्र्दर्भिक छैन किनकि हिजो कसैको बिकल्प कुलमान भए यसर्थ उनले नेतृत्व पाए आज धन्यवादको पात्र बने भोलीका दिनमा अर्को कसैले आएर कुलमानको भन्दा पनि राम्रो गर्न सक्छ ।तर, जनताले यसको खबरदारी र निगरानी भने गरिरहेका हुन्छन् । र, अबका नेपाली जनता मिठो बोली र भ्रममा होइन कर्म र त्यसको परिणामका पछि लाग्ने रहेछन् भन्ने चेत जसले बदनामीको तक्मा प्राप्त गरेकाछन् उनीहरुले मम भनेर सत्कर्ममा लाग्न नेपाली जनताको कुलमान प्रेमलाई अन्तरमनबाट एकपटक स्मरण गरेर आफैले आफैलाई तलदेखि माथि सम्म पो हेर्ने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button