खबर

चीनले ताइवानतर्फ युद्धपोत पठाएपछि तनाव बढ्ने संकेत

३ आश्विन २०७७
एजेन्सी ।

चीनले ताइवानमा थप युद्धपोत पठाएको छ । जुलाई ३० तारिख निधन भएका पुर्वराष्ट्रपति ली तेङ हुईको स्मृति सभामा राष्ट्रपति साई इङ्ग वेन, सरकारी अधिकारी र अमेरिकी बरिष्ठ दूत सहभागी भइरहेको बेला चीनले सैन्य अभ्यासका लागि दर्जनौं लडाकू विमान त्यस तर्फ पठाएको हो ।

दिंवगत ली ताइवानका पहिलो जननिर्वाचित राष्ट्रपति समेत हुन् । ताइवानी रक्षामन्त्रालयका अनुसार आजको सैन्य अभ्यासमा १९ वटा चिनियाँ लडाकू विमान संलग्न भएका छन् । चिनियाँ विमानले संबेदनशील मानिने ताइवान स्ट्रेट र दक्षिणपश्चिमी तटस्थित ताइवानको हवाई सुरक्षा पहिचान केन्द्र पार गरेको दाबी मन्त्रालयको छ ।

चिनियाँ सेनाका विमान हवाई क्षेत्रमा प्रवेश गरेपछि त्यसलाई अवरोध गर्न हवाई सुरक्षा क्षेप्यास्त्र प्रणाली परिचालन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ती मार्फत चीनको पछिल्लो कदमको भत्र्सना गर्दै त्यो क्षेत्रिय शान्ति र स्थायित्वमा क्षति पुर्‍याउने उत्तेजनात्मक सैन्य गतिविधी भएको बताएको छ । शुक्रबार चीनले ताइवान र अमेरिकाबीच बढ्दो सहकार्यको निन्दा गर्दै ताइवान स्ट्रेट नजिकै सैन्य अभ्यास सुरु गरेको हो ।

३ दिने भ्रमणका क्रममा बिहीवार अमेरिकी विदेशमन्त्रालयका उच्च पदस्थ अधिकारी कीथ क्राच ताइवान पुगेको समयमा चीनले सैन्य अभ्यास गरेको छ । कीथ दुइ महिनाको अवधीमा ताइवान पुग्ने दोश्रो अमेरिकी उच्च अधिकारी समेत हुन् । बेइजीङले कीथको ताइवान भ्रमणप्रति आपत्ती जनाइसकेको छ ।

चीनले ताइवान आफ्नो अभिन्न भुभाग भएको दाबी गर्दै आइरहेको छ भने ताइवानले स्वतन्त्र मुलुक भएको बताउँदै आएको छ । ताइवान मामिलालाई लिएर अमेरिका र चीनबीच तनाब यथावत छ ।janadeshdaily/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button