खेलकुद

आर्सनलले वेस्टह्यामलाई हरायो

आइतवार, अशोज ४, २०७७

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो सफलता हात पारेको छ । नयाँ सिजनमा लगातार दोस्रो सफलता आत पार्ने क्रममा आर्सनलले वेस्टह्याम युनाइटेडमाथि २–१ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।

यसअघि आर्सनलले पहिलो खेलमा फुलहममाथि ३–० को सहज जित निकालेको थियो । इमिरेट्स स्टेडियममा आर्सनको जितमा एलेसान्द्रे लाकाजेट र इडवार्ड एनकेटियाले गोल गरे । पाहुना टोलीका माइकल एन्टोनियोले गरेको गोल सान्त्वना बन्यो ।

खेलको सुरुवातमा वेस्टह्यामले घरेलु टोलीमाथि दवाव बढाएको थियो । खेलको पाँचौ मिनेटमा नै आर्सनलका गोलरक्षक बर्न लेनो बाधक बन्दा वेस्टह्याम अग्रता लिनबाट चुकेको थियो । कप्तान डिक्लन राइसको पासमा एन्जेलो ओग्वोमाको हेडरलाई आर्सनलका गोलरक्षक लेनोले बचाएका थिए । सातौ मिनेटमा डिक्लन राइसकै पासमा आरोन क्रेसवेलको प्रहारलाई ड्यानियल सेवालोसले ब्लक गर्दै आर्सनलको संकट टारे।

१५औं मिनेटमा आर्सनलका ग्याब्रिलले जारोड बोवेनलाई फल गरेको भन्दै वेस्टह्यामले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई मतलब नै गरेनन् । खेलको सुरुवातमा दवाव झेलेको आर्सनले २५औं मिनेटमा गोल गर्दै अग्रता लिन सफल भयो । कप्तान पिएर इमरिक औवामियाङको क्रस पासमा अनमार्क रहेका लाकाजेटले फ्रि हेडरमार्फत गोल गरेका थिए ।

३०औं मिनेटमा आर्सनलका साकाको प्रहार आकासियो । ४५औं मिनेटमा माइकल एन्टोनियोले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । रायन फ्रेडेरिक्सको पासमा गोल गर्न सफल भएका थिए । ६७औं मिनेटमा एन्टोनियोको पावरफुल हेडर क्रसबारमा लागेर बाहिरिदा वेस्टह्यामले खेलमा अग्रता लिने अवसर गुमायो ।

लगत्तै वेस्टह्यामको अर्काे प्रहारमा आर्सनलका गोलरक्षक लेनो बाधक बन्दा वेस्टह्याम पुनः अग्रता लिबाट चुक्यो । ८५औं मिनेटमा ड्यानियल सेवालोसको पासमा इडवार्ड एनकेटियाले खाली पोस्टमा गोल गर्दै आर्सनलाई २–१ को प्रतिस्पर्धात्मक जित दिलाए । इन्ज्युरी समयमा आर्सनलले दुई अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

लगतार दुई जित हात पारेको आर्सनल ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । वेस्टह्यामले अंकको खाता खोल्न सकेको छैन । एभर्टन ६ अंक जोडेर शीर्षस्थानमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button