
सोमवार, अशोज ५
एजेन्सी – साविक विजेता युभेन्टरसले नयाँ सिजनको इटालियन सिरी ‘ए’ मा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा साम्पडोरियामाथि ३–० को सहज जित निकाल्दै युभेन्टसले विजयी सुुरुवात गरेको हो ।
यससँगै नयाँ प्रशिक्षक आन्द्रे पिर्लोेले पनि सिरी ‘ए’ मा सुखद सुरुवात गरेका छन् । आफ्नो प्रशिक्षणमा पिर्लोले पहिलो सफलता हात पारेका हुन्।
एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको खेलमा युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, लियोनार्दाे बोनुची र सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।
खेलको सुरुवातदेखि नै बल पोजेसनमा पकड बनाएको युभेन्टसले १३औं मिनेटमा गोलको खाता खोलेको थियो । पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै रोनाल्डोले बल अघि बढाउने प्रयास गरेपनि फुस्किएको बललाई डिजानले उत्कृष्ट फिनिस गरेका थिए । त्यसअघि खेलको छैटौं मिनेटमा डिफेन्डर डानिलोको प्रहार बाहिरिँदा युभेन्टस अग्रता लिनबाट चुकेको थियो ।
११औं मिनेटमा आरोन राम्सेको पासमा क्रिस्टियानो रोनाल्डोको प्रहारलाई साम्पडोरियाका गोलरक्षक इमिल ओउडेरोले बचाए । २४औं मिनेटमा राम्सेकै पासमा रोनाल्डोको शक्तिशाली प्रहार बारमा लागेर बाहिरिँदा युभेन्टस अग्रता दोब्बर पार्नबाट चुक्यो ।

४३औं मिनेटमा वेस्टन म्याकिनीको प्रहारले पोस्टको दिशा लिन सकेन । ४५औं मिनेटमा रोनाल्डोले बल फुस्काएपछि फवियो दिपाओलीले अघि बढाउदै गरेको प्रहार पोस्टबाट थोरै बाहिरिदा साम्पडोरिया बराबरीबाट चुक्यो ।
४८औं मिनेटमा राम्सेको पासमा जियानलुका फ्राबोट्टाको प्रहारलाई साम्पडोरियाका गोलरक्षक इमिल ओउडेरोले बचाए । ५३औं मिनेटमा रोनाल्डोको प्रहारलाई माया योसिदालाई डिफ्लेक्ट हुदै बाहिरियो । ५९औं मिनेटमा युभेन्टसले अर्काे अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । फ्राबोट्टाको क्रसमा जुआन कोर्डाडो हुदै रोनाल्डोले गरेको प्रहार बाहिरिएको थियो । ७५औं मिनेटमा रोनाल्डोले फ्रिकिकलाई सदुपयोग गर्न सकेनन् ।
लगातार एकपछि अर्काे पोस्ट आक्रमण बुनेको युभेन्टसले ७९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । कुलुसेभ्स्सीको कर्नरबाट आएको बललाई साम्पडोरियाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई वेस्टन म्याकिनीले गरेको प्रहारलाई गोलरक्षक इमिल ओउडेरोले बचाए । तर रिबाउन्डमा क्लोज रेन्जबाट लियोनार्दाे बोनुचीले गोल गर्न सफल भएका थिए ।
८३औं मिनेटमा एल्विन एकडलको प्रहारलाई युभेन्टसका गोलरक्षकले सहजै नियन्त्रणमा लिए । ८५औं मिनेटमा वेस्टन गोलाजिक पुगेर चुके । एकपछि अर्काे प्रहार विफल भएको रोनाल्डोले अन्तत ८८औं मिनेटमा गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए । आरोना राम्सेको पासमा रोनाल्डोले पेनाल्टी बक्सभित्रबाट गोल गरेका थिए ।hamrokhelkud/from



