खेलकुद

ग्रेड विभाजनमा क्यानको गम्भीर लापरवाही

बुधबार, अशोज ७, २०७७
भुपेन्द्र जिसी, काठमाडौं

कुनै पनि क्रिकेट संघ र बोर्डले केन्द्रिय खेलाडी सम्झौता गर्नेक्रममा पछिल्लो एक वर्षको प्रर्दशनलाई आधार मान्ने गर्दछन् । उत्कृष्ट प्रर्दशन गरेका खेलाडी बढुवा हुँदा कमजोर प्रर्दशन गरेको घटुवा हुन्छन् । घटुवा भएको बढुवा हुन र बढुवा भएको कायमै रहन कडा मिहिनेत गर्नुपर्छ । जसले खेलाडीमा एक अर्काबीच प्रतिस्पर्धा, हौसला र मनोबल बढ्ने हुँदा टोलीको नतिजा राम्रो हुन पुग्दछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको २०२० नयाँ केन्द्रिय खेलाडी सम्भौताको ग्रेडमा भने त्यस्तो देखिँदैन । प्रर्दशन भन्दापनि ग्रेड विभाजनमा आफ्नोपन गरेको देखिन्छ । खेलाडीको प्रर्दशन, सहभागिता, सिनियर, क्षमता लगायतका कुनैपनि कुरा ख्याल नगरी क्यानले महिला १९ र पुरुष १८ खेलाडीको नाम सार्वजनिक गरेको छ । नयाँ सम्झौताले खेलाडीमा उत्साह, हौसला र खुसी होईन निराशा बढी ल्याउने देखिन्छ ।

क्यानले खेलाडीको २०२० को पारिश्रमिक र ग्रेड निर्धारण गर्न कोषाअध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा केन्द्रिय सदस्य दुर्गाराज पाठक र अमितविर पान्डेको समिति गठन गरेको थियो ।

नयाँ ग्रेड ए मा ८, बी मा ४ र सी मा ६ खेलाडी छन् । यसअघि सन् २०१९ मा २२ खेलाडीलाई ८, ८ र ६ क्रमश: ए, बी र सी ग्रेडमा राखेको थियो। नयाँ सम्झौता अनुसार २०२० मा ग्रेड ए मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी छन् ।

सन् २०१९ को ग्रेड अनुसार सोमपाल कामी बी मा झरेका छन् । बी ग्रेडमा रहेका वसन्त रेग्मी ए मा उक्लिएका हुन् । सन् २०१९ मा ग्रेडमा रहेका प्रदीप ऐरी, ललितनारायण राजवंशी, राजु रिजाल र ईशान पान्डे सम्झौताबाट बाहिरिएका छन् । जसमा सन् २०१९ भर राजवंशी टोलीका नियमित सदस्य थिए ।

सन् २०१९ मा अन्तर्राष्ट्रिय खेलनै नखेलेका ओपनर सुवास खकुरेल र तीव्र गतिका युवा बलर कमलसिंह ऐरी सम्झौतामा रहँदा नियमित सदस्य राजवंशी बाहिरिएका छन् । ग्रेड बीमा क्यानले सोमपाल कामी, पवन सरार्फ, आरिफ शेख र सुशन भारी छन् । सन् २०१९ मा नियमित टोलीमै रहँदै राम्रो प्रर्दशन गरेका अभिनाश बोहोरा सी ग्रेडमा झरेका छन् । ग्रेड सी मा खकुरेल, कमलसिंह ऐरी, रोहितकुमार पौडेल, राशिद खान र कुशल मल्ल छन् ।

क्यान खेलाडीको अभिभावक हो । क्यानले खेलाडीलाई काखा र पाखाको अनुभव महसुस गन हिनुहुँदैन । ग्रेड र पारिश्रमिकको मुख्य उदेश्य भनेको खेलाडीबीचको आन्तरिक प्रतिस्पर्धालाई बढाउँदै उत्कृष्ट नतिजा निकाल्नु हो । प्रर्दशन अनुसारको पारिश्रमिक प्रदान गर्नु हो । जसले टोलीलाई फाइदा पुग्छ । ए ग्रेडमा शीर्ष अर्थात प्रमुख खेलाडीलाई राख्ने गरिन्छ । जुन ग्रेडमा सहज पुग्न सक्ने हुनु हुँदैन ।

बी मा टोलीबाट नियमित खेलिरहेका र युवा खेलाडीलाई प्राथमिकतामा राख्दै निर्धारण गरिन्छ । क्यानले ए ग्रेडमा ८, बी मा ४ र सी मा ६ खेलाडी राखेको छ । यसले ग्रेडको महत्व बढ्नुको सट्टा घट्न सक्छ । ए ग्रेडको महत्त्व केहि घटेको देखिन्छ । प्लेइङ ११ मा मात्र नभएर अन्तिम १४ मा नै पर्न संघर्ष गरिरहेका खेलाडी ग्रेड ए मा पर्दछन् भने त्यसको महत्त्व पनि रहेन । ए ग्रेडमा खेलाडी सहजै पुगेपछि आन्तरिक प्रतिस्पर्धामा प्रश्न उठ्नु जायज हो ।

बी ग्रेडमा जम्मा चार खेलाडीलाई राखिएको छ । केन्द्रिय सम्झौतामा जम्मा १८ जना खेलाडीलाई राखिएको छ । हरेक प्रतियोगितामा टोलीमा १४ सदस्य र चार वैकल्पिक खेलाडी रहने गर्छन् । क्यानले सम्झौता दिँदा ए ग्रेडमा अत्याधिक खेलाडी समेट्दा आर्थिक पाटो कमजोर हुने डरले संख्या नै घटाएको छ । जबकी ए को तुलनाका बीमा झन्डै दोब्बर र सीमा त्यसको दोब्बर संख्या हुने अन्तर्राष्ट्रिय प्रयोग छ । बी ग्रेडमा सोमपालसहित जम्मा ४ खेलाडी हुनुले पनि क्यानको नियत उदांगो भएको छ ।

नेपालले सन् २०१९ मा जनवरीमा यूएईसँग समान तीन टि२० सिरिज र ओडिआई सिरिज खेलेको थियो । जुलाईमा मलेसियासँग दुई टि२०, सिंगापुरमा आइसिसी विश्वकप टि ट्वान्टी विश्वकप एसिया छनोट, सेप्टेम्बरमा सिंगापुरमा नेपाल, जिम्बाबे र सिंगापुरबीच त्रिकोणात्मक सिरिज, अक्टोबरमा ओमानमा पाँच राष्ट्र सम्मिलित टि२० सिरिज, नोभेम्बरमा नेपालमा एमसिसीसँग प्रथम श्रेणी, बंगलादेशमा एसिसी इमर्जिङ टिम्स कप र १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेको थियो । ग्रेड निर्धारणमा पुरानो प्रदर्शनलाई मध्यनजर गर्दै यी सिरिजलाई आधार मान्नुपर्ने थियो ।

स्पिनर ललितले सन् २०१९ मा नेपालले खेलेका सबै खेलमा सहभागिता जनाएका थिए । ललितले सन् २०१९ मा कुल १८ अन्तर्राष्ट्रिय खेलमा १५ विकेट लिएका थिए । १३ औं सागमा टि२० आई मान्यता खेलमा नेपालबाट ३ खेलमा ६ विकेटका साथ शीर्ष स्थानमा रहेका थिए । सन् २०१९ मा नेपालल सेप्टेम्बरमा जिम्बाबे र सिंगापुरबीच भएको त्रिकोणात्मक सिरिजमा ललित टोलीमा रहेपनि कुनैपनि खेलमा मौका पाएनन् । अन्य सबै खेल खेलेका थिए ।

सन् २०२० मा नेपालमा भएको त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकासँग टोलीमा परेपनि बलिङ गर्ने मौका पाएनन् । तर तीनै ललित क्यानको ग्रेडमा छैनन् । तर क्यानले ग्रेड सी मा राखेका सुवास खकुरेल र कमलसिंह ऐरी दुबैले २०१९ मा कुनैपनि अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन् ।

कमलले माघमा ओमानविरुद्ध डेब्यु गरेका थिए । तीव्र गतिका बलर सोमपाल कामी घाईते हुँदा टोलीमा मौका पाएका थिए । सुवास खकुरेलले ओमानविरुद्ध शरद भेषावकर घाइते हुँदा टोलीमा मौका पाएका थिए । त्यसअघि सुवासले अन्तिम खेल सन् २०१८ सेप्टेम्बरमा एसिया कप क्वालिफायर खेलेका थिए ।

क्यानले ग्रेड सी मा राखेका तीव्र गतिका बलर अभिनाश बोहरा २०१९ मा प्रमुख खेलाडी हुन् । अभिनाशले सन् २०१९ मा यूएईविरुद्ध टि२० आई खेलमा टोलीमा डेब्यु गरेका थिए । सन् २०१९ मा अभिनाशले टि२० क्रिकेटमा नेपाली क्रिकेटबाट पहिलो रोजाईमा खेले । सन् २०१९ मा १७ टि२० आईमा १६ विकेट लिए । नेपाललाई यूएईसँगको त्रिकोणात्मक टि२० सिरिज २–१ ले जिताउन अभिनाशले ६ विकेट लिएका थिए ।

अभिनास सिरिजमा सर्वाधिक विकेट लिने बलर चुनिएका थिए । सन् २०१९ मा लिष्ट ए मा इमर्जिङ टिम्स कपमा हङकङविरुद्ध डेब्यु गर्दै ३ विकेट लिएका थिए । सन् २०२० मा ओडिआईमा ओमानविरुद्ध डेब्यु गरेका थिए । थाईल्यान्डमा गत फेबु्रअरीमा भएको टि२० एसिया कप छनोटमा तीन खेलमा चार विकेट लिएका थिए ।

अभिनाशलाई ग्रेड सी मा राख्दा सुशन भारीलाई बी मा राखेको छ । सुशनले सन् २०१९ मा त्रिकोणात्मक टि२० सिरिजबाट खेल्न सुरु गरेका थिए । त्रिकोणात्मक सिरिज टि२०, पाँच राष्ट्र सम्मिलित टि२० सिरिज र साग गरि कुल ६ खेलमा ६ विकेट लिएका थिए । इमर्जिङ टिम्समा ३ खेलमा ४ विकेट लिएका थिए । सुशनलाई बी मा राख्दा ललित सी सम्म पनि अट्न सकेनन् ।

यतिमात्र होईन । सन् २०१९ मा बी ग्रेडमा झरेका वसन्त ए मा बढुका भएका छन् । उनले युएईसँगको तीन ओडिआई सिरिज अन्तर्गत दुई खेलमा २ विकेट लिएका थिए । वसन्त सन् २०१९ मा जुलाईमा सिंगापुरमा भएको आइसिसी विश्वकप एसिया टि२० छनोट पछि टोलीमै छैनन् । सन् २०१९ मा बसन्तले ६ मात्र टि२० आई खेल खेलेका थिए । जसमा ९ विकेट लिएका थिए ।

यूएईसँगको तीन टि२० सिरिजमा एक खेल मात्र खेल्दै २ विकेट लिएका थिए । मलेसियासँगको दुई टि२० सिरिज अन्तगर्त पहिलो खेलमात्र खेल्दै दुई विकेट लिएका थिए । टि२० विश्वकप एसिया छनोटमा जुलाईमा सिंगापुरमा ४ खेलमा ५ विकेट लिएका थिए । त्यसयता वसन्त नेपाली टोली बाहिर छन् ।

खेल नै नखेलि सबैलाई आश्चर्य पार्दै क्यानले ए मा बढुका गरेको छ । त्यसो त क्यानले वसन्तलाई पछिल्लो सम्झौतामा ए ग्रेडमा राख्नुपर्ने अवस्थामा बी ग्रेडमा राखेर गल्ती गरेको थियो ‌। २०१८ मा राम्रो प्रदर्शन गरेका उनलाई घटुवा गर्दा धेरैले प्रश्न उठाए । तर त्यस गल्ती सुधार्ने हेतुले क्यानले अर्को गम्भीर गल्ती गरेको छ । प्रर्दशन विनानै ए मा बढुका हुनु र प्रर्दशन गरिरहेका खेलाडी सी मा पुग्नुले झनै क्यानमाथि प्रश्न उठ्छ ।

बलिङ अलराउन्डर सोमपाल कामी बी पुगेका छन् । प्रमुख खेलाडी सोमपालले सन् २०१९ मा यूएईविरुद्ध समान तीन ओडिआई र टि२० आई सिरिज खेलेका थिए । नेपाललाई यी दुवै सिरिज २–१ ले जिताउन सोमपालले अलराउन्ड प्रर्दशन गरेका थिए । यूएईसँगको दोस्रो ओडिआईमा पाँच विकेट लिनै नेपालबाट उक्त सफलता हात पार्ने पहिलो खेलाडी बने । उक्त सिरिजमा ओडिआईमा सर्वाधिक विकेट लिने बलर बनेका सोमपाल टि२० आईमा चार विकेट लिएका थिए ।

सोमपालले मलेसियासँगको दुई टि२० खेलमा तीन विकेट, सिंगापुरमा भएको टि२० विश्वकप एसिया छनोटमा ४ खेलमा ३ विकेट, त्रिकोणात्मक टि२० सिरिजमा ३ खेलमा दुई विकेट र ओमानमा भएको सिरिजमा ५ खेलमा ४ खेलमा एक विकेट लिएका थिए ।

बंगलादेशमा भएको इमर्जिङ कपमा भने विकेटविहिन बनेका थिए । यद्यपि ब्याटबाट उनले महत्त्वपूर्ण योगदान दिए । सोमपालले १३ औं साग बंगलादेशसँगको यू२३ सँग खेलेपनि अन्य खेल खेलेका थिएनन् । एमसिसीसँगको प्रथम श्रेणी खेलमा पहिलो इनिङमा २ विकेटका साथ २६ रन बनाएका थिए भने दोस्रो इनिङमा ५१ रन बनाउनुको साथै १ विकेट लिएका थिए ।

त्यसयता भने सोमपाल ढाडको समस्याको कारण सन् २०२० का त्रिकोणात्मक ओडिआई सिरिज र इस्टर्न रिजनमा टोली बाहिर थिए । चोटका कारण केहि प्रतियोगिता नखेल्दा घटुवा हुने त पक्कै होईन । उहि खेलाडी हो । तर तीनै सोमपाल ग्रेड बी पुग्दा वसन्त ए मा उक्लिएका छन् ।

देशका लागि आफ्नो ज्यानको बाजीमा राखेर खेल्ने खेलाडीलाई पाश्रमिक प्रदान गर्दा हेलचेक्याई गरि कुनै पक्कै सामान्य कुरा होईन । त्यसैले क्यानले आफ्नो गल्ती सुधार गर्नुतर्फ लाग्नुपर्ने देखिन्छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button