खबर

पण्डित दिनदयाल उपाध्यायको जन्मदिन सुकनामा पालन

सेप्टेम्बर 25, 2020

मिरिक : पण्डित दिनदयाल उपाध्यायको जन्मजयन्ती दार्जिलिङ भाजपा महिला मोर्चाको पहलमा सुकनामा पालन गरियो। पण्डित दिनदयालजीको जन्म जयन्तीको उपलक्ष्यमा दुई महिला समाजसेवी क्रमशः मुनमुन सरकार र अरुणा छेत्रीलाई तिनीहरूको निस्वार्थ सेवाकार्यको सहारना गर्दै महिला मोर्चा भाजपाको तर्फबाट सम्मान जनाइयो। उक्त कार्यक्रमका अध्यक्षता सन्तोषी दियालीले गरेका थिए भने कार्यक्रममा मुख्य अतिथिको रूपमा भाजपा जिल्ला अध्यक्ष मनोज देवान, जिल्ला प्रभारी महिला मोर्चा सिभानी दियाली, जिल्ला सचिव नारायण गुरुङ, कुमार छेत्री, मण्डल सभापति राजेन लामा, सचिव अजय शर्मा लगायत महिला मोर्चाका कार्यकर्ताहरू उपस्थित थिए। कार्यक्रममा अतिथिको बाहुलीबाट दुई समाज सेवीलाई स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइयो।

सड़क दुर्घटनामा मर्ने कन्स्टेबललाई सिलगढी मेट्रोपोलिटन पुलिसद्वारा श्रद्धाञ्जलि


सेप्टेम्बर 25, 2020

सिलगढी : कुचबिहारको घोसकाडाङ्गाको कुशीनगर इलाकामा सड़क दुर्घटनामा मृत्यु भएको प्रधाननगर थानाका कन्स्टेबल गोविन्दा सेनलाई सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट अन्तिम श्रद्धाञ्जलि दिइयो। कुचबिहारबाट सिलगढीतर्फ आइरहेको समय घोसकाडाङ्गाको कुशीनगर इलाकामा भएको सड़क दुर्घटनामा सिलगढी प्रधाननगर थानाका कन्स्टेबल गोविन्दा सेन लगायत अन्य 4 जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा एकजना एएसआई र महिला कन्स्टेबल पनि घाइते भएका थिए। कन्स्टेबल गोविन्दा सेनको शव पोस्टमार्टम गरेपछि गत राति सिलगढी मेट्रोपोलिटन पुलिस मुख्यालयमा ल्याइपुर्‍याइयो। यस अवसरमा पुलिस कमिश्नर त्रिपुरारी अथर्व, डीसीपी ईस्ट जय टुडु, डीसीपी वेस्ट कुँवर भूषण सिंह, एसीपी वेस्ट चिन्मय मिन्तल लगायत मेट्रोपोलिटनका पुलिस कर्मीहरूले कन्स्टेबल गोविन्दा सेनलाई अन्तिम श्रद्धाञ्जलि दिए। यसपछि अबेर राति नै कन्स्टेबल गोविन्दा सेनको पार्थिव शरीर तिनको निवास स्थल हेमताबादमा लगियो।
दार्जिलिङ क्षेत्रमा शनिवारसम्म पानी पर्ने सम्भावना


सेप्टेम्बर 25, 2020

सिलगढी: दार्जिलिङ पहाडी क्षेत्र लगायत उत्तर बङ्गालको विभिन्न जिल्लामा भोली शनिवारसम्म अधिक पानी पर्ने सम्भावना रहेको छ। मौसम विभागले शुक्रवार जारी गरेको बयानमा यसबारे जानकारी दिएको छ। पूर्वानुमान अनुसार उत्तर बङ्गालको दार्जिलिङ, कालेबुङ सहित जलपाइगढी, अलीपुरद्वार, कुचबिहारमा शनिवारसम्म अधिक वर्षा हुने सम्भावना रहेको छ। अधिक वर्षासँगै विशेष पहाड़ी क्षेत्रहरूमा पैह्रो जाने अधिक सम्भावना रहेकोले मौसम विभागले यसबारे सतर्क गराएको छ। यसको साथै वर्षाको कारण सम्पूर्ण उत्तर बङ्गालका मानिसहरूलाई सतर्क रहने आह्वान गरिएको छ।

माध्यामिक उत्तीर्ण गरिब विद्यार्थीहरूलाई आर्थिक सहयोग


सेप्टेम्बर 25, 2020
सिलगढी : पश्चिमबंग राज्य समवाय आवासन महासंघ लिमिटेडको 55औँ प्रतिष्ठा दिवसको अवसरमा आज सिलगढीको हाकिमपाडा अरुणोदय संघ नजिक माध्यामिक उत्तीर्ण गरिब विद्यार्थीहरूलाई आर्थिक सहयोग प्रदान गरियो। यसको साथै संगठनको तर्फबाट विद्यार्थीहरूलाई पढाईको सामग्रीहरू पनि प्रदान गरियो। यस अवसरमा तृणमूल नेता वेदव्रत दत्त लगायत संगठनका सदस्यहरू उपस्थित थिए।siliguritimes,from/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button