सांकेतिक चित्र
१२ असोज २०७७
दमक । झापाको गौरादह नगरपालिकामा एक बृद्धाको हत्या भएको छ ।
गौरादह नगरपालिका वडा नं १ की ६५ वर्षिया मनमाया भण्डारीको हत्या भएको हो । घरभित्रको खाटमुनि दुवै हात पछाडि बाधिएको अबस्थामा उनको लाश फेला परेको बताईएको छ। घटनाबारे जानकारी प्राप्त भएको र त्यसबारे अनुसन्धान गर्नका लागि घटनास्थलतर्फ टोली गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।



