खबर

उपत्यकामा संक्रमितको संख्या ३१ हजार ४८ पुग्यो

१९ असोज २०७७

चौतारी पोष्ट अनलाइन , ललितपुर ।

काठमाडौं उपत्यकामा थप एक दिनमा १, ५३१ जना कोरोना संक्रमति भेटिएका छन् ।

आज काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, उपत्यकामा संक्रमितको संख्या ३१ हजार ४८ पुगेको छ।

जसमध्ये, काठमाडौंमा २५ हजार २२४, ललितपुरमा ३ हजार २३३ र भक्तपुरमा २ हजार ५९१ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button