मूल खबर

प्रदेश पाँचमा राजधानीको रडाको, विपक्षी सांसदले गरे तोडफोड

१९ आश्विन २०७७
जनादेश, काठमाण्डौ ।

प्रदेश ५ काे प्रदेश सभामा कांग्रेस सांसदले गरे ताेडफाेड

स्थायी राजधानीको विषयलाई लिएर पाँच नम्बर प्रदेशसभामा तनाव भएको छ ।
वुटवल अस्थायी राजधानी रहेको भएपनि सरकारले स्थायी राजधानी दाङलाई प्रस्ताव गरेपछि विपक्षी दलले आक्रोशित प्रतिक्रिया जनाएको हो विपक्षी नेपाली कांग्रेसका सांसदले कुर्ची तोडफोड र बिरोध गरेपछि मंगलबार मतदान गरेर प्रस्तावको टुङ्गो लगाउने तयारी गरिएको छ ।

प्रदेश राजधानी विवाद– कांग्रेसको नाराबाजीका बीच मन्त्रीले पेश गरे प्रस्ताव

नेपाली कांग्रेसको विरोधका बाबजुद सभामुख पूर्णबहादुर घर्तीले बैठक अघि बढाएपछि तनाव उत्पन्न भएको थियो । सभामुखले विरोधका बीच आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई छलफलका लागि प्रस्ताव पेश गर्न अनुमति दिएपछि कांग्रेसका सांसदले अवरोध गरेका थिए ।मर्यादापालकको बलमा केसी रोस्टममा पुगेर प्रस्ताव पेश गर्न थालेपछि कांग्रेसका सांसदले कुर्ची तोडफोडमा उत्रिएका हुन् ।

कांग्रेसका सांसद बैजनाथ कलवार, अष्टभुजा पाठक, उसिउद्धिन खान, समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेलगायतले कुर्ची र टेवल तोडफोडमा स‌ंलग्न भएका थिए । सभामुखले कुर्ची तोडफोडकाबीच पनि बैठक जारी राखेपछि सत्तापक्षका सांसद भोजप्रसाद श्रेष्ठले बोल्ने व्यवस्था गराउन सभामुखलाई आग्रह गरे ।

अर्का सांसद विष्णु पन्थीले कपिलवस्तुमा राजधानी तोक्न आग्रह गर्दै यही नै प्रदेशबासीको जित हुने बताए । समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादवले पनि प्रदेश राजधानी कपिलवस्तु उपयुक्त भएको बताए । समाजवादीका बिजयबहादुर यादव, जनमोर्चाकी तारा जिसी, नेकपाका दीपेन्द्र पुन, हरि रिजाल लगायतले छलफलमा सहभागिता जनाए ।

बैठकमा मन्त्री केसीले यसअघि राजधानी तथा नामाकरण सुझाव समितिले बुझाएको प्रतिवेदन सभामुखलाई हस्तान्तरण गरेका छन् । सभामुखले संसोधनका लागि १८ घण्टाको समयावधी दिएका छन् । बैठक मंगलबार मध्याह्न १२ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button