
२० असोज २०७७
मेचीनगर ।नेपालको पूर्वी नाका काँकरभिट्टामा रहेको होल्डिङ्ग सेन्टर ब्यवस्थित नभएको भन्दै स्थानियले आज मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाएकाछन् । मेचीनगरवासीको तर्फबाट बुझाईएको सो ज्ञापन पत्रमा होल्डिङ्ग सेन्टरलाई सहज र ब्यवस्थित बनाईनु पर्ने माग रहेको छ । काँकरभिट्टाका स्थानिय बिभिन्न पेशा र ब्यवसायमा सम्बद्ध पेशाकर्मीहरुको हस्ताक्षर सहित ज्ञापन पत्र नगरका मेयर बिमल आचार्यलाई ज्ञापन पत्र बुझाईएको हो ।

स्थानिय ब्यवसायी र राजनीतिक दलका अगुवा सहितको टोली नगरपालिकामा पुगेर काँकरभिट्टामा रहेको होल्डिङ सेन्टरलाई थप ब्यवस्थित र सहज बनाउनु पर्ने गुनासो सहितका सुझाव नगरका मेयर बिमल आचार्य र उप मेयर मिना उप्रेतीलाई सुझाएका थिए । मेचीनगरवासीको तर्फबाट बुझाईएको ज्ञापन पत्रको वाचन ज्ञानेन्द्र घिमिरेले गरेका थिए भने सहजताका बारेमा नेकपाका जिल्ला नेता डिल्लीराम घिमिरे र काँग्रेस कार्यकर्ता बिना तामाङ्ग लगायतले विविध पक्षका बारेमा जानकारी सहित सुझाव प्रस्तुत गरेका थिए ।
ज्ञापन पत्र बुझेपछि मेयर बिमल आचार्यले नगरपालिकाको तर्फबाट यथाशिघ्र होल्डिङ्ग सेन्टरलाई थप सहज र ब्यवस्थित बनाउन आफु लाग्ने बताएका थिए ।उप मेयर मिना उप्रतीले तत्कालै यस विषयमा छलफल गरि निणर्य गर्ने बताइन् ।
ज्ञापन पत्र बुझाउने टोलीमा होटल ब्यवसायी राम तामाङ्ग, धुब्र गिरि, ब्यवसायी डम्बर खवास , नेपाली काँग्रेसका सचिव हस्त आङदेम्बे लगायतको उपस्थिति थियो ।



