खबर

हत्या काण्डलाई लिएर आदिवासी नेपालीमाझ भएको मनमुटाउ साम्य

अक्टोबर 10, 2020

मिरिक : च्याँगा बस्ती तराईमा आदिवासी नेपाली माझ हत्याकाण्ड लिएर उब्जेको वैमन्स्यता एवम् प्रतिकूल परिस्थितिजन्य समस्याको शनिबार समाधान भएपछि दुवै पक्षमाझ आपस्तमा मेलमिलाप भएको छ। केही दिन अघि नेपाली युवकले एकजना आदिवासी युवकको हत्या गरेपछि नेपाली आदिवासी समुदायमाझ जातिगत वैमन्स्यता उत्पन्न भएको थियो। वर्षौँदेखि मिलेर बसेका दुई सम्प्रदायका मानिसहरूमा उक्त हत्याकाण्डपछि एकाअर्कामा प्रतिकूल परिस्थिति सृजना भएपछि यसलाई साम्य पार्ने दुवै पक्षबाट प्रयास भइरहेको बीच आज दुवै पक्षका मानिसहरूमाझ सौहार्द्रपूर्ण परिस्थितिमा सभा गरियो।

उक्त सभामा दुवै पक्षका मानिसहरू लगायत पानीघट्टा पुलिस प्रभारी अनि च्याँगा बस्ती समाजका नेतृत्वहरूको उपस्थिति रहेको थियो। सभामा पीडित परिवारलाई आर्थिक सहयोग दिने तथा परिवारको एकजना सदस्यलाई सिभिक पुलिसमा भर्ना गराइदिने विषयमा सभाले सहमति जनाएको साथै जातिय भेदभावलाई प्रश्रय नदिने तथा क्षेत्रमा मद-मदिरा रोकथाम बारेमा सक्रिय पहल अघि बढाउने सभामा निर्णय लिनको साथै दुवै पक्षमाझ आपसी मनमुटाउ समाप्त भएर गएको छ।
भागेका 4 जना आरोपीमध्ये हालसम्म 3 जना पक्राउ


अक्टोबर 10, 2020

सिलगढी : अदालतमा पेश गर्न लगिरहेको समय पुलिस भ्यानको ताला भत्काएर भागेका 4 जना आरोपीहरूमध्ये हालसम्म 3 जनालाई पक्राउ गर्न पुलिस सफल बनेको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा भक्ति नगर पुलिसको एउटा टीमले सर्वप्रथम सिलगढीको चेकपोस्ट संलग्न फरेस्ट इलाकाबाट भागेका एकजना आरोपीलाई पक्राउ गर्यो। यसपछि जाँचमा जुटेका पुलिसले अझै अन्य दुईजना आरोपीलाई पक्राउ गरेपछि हालसम्म 3 जना आरोपीलाई पक्राउ गरिसकेको छ भने अझ एकजना आरोपी प्रणेश अधिकारीको खोजी गरिरहेको छ। आज पुलिसले ती तीनजना आरोपी क्रमैले राकेश मिस्त्री, सुलतान इस्लाम, मुकसुदूल हकलाई कठोर सुरक्षा व्यवस्थाबीच जलपाईगढी अदालतमा पेश गरियो। उल्लेखनीय छ, भक्ति नगर थाना पुलिसले गत बिहिबार 4 जना आरोपीलाई जलपाईगढी कोर्टमा लगिरहेको समय मौकाको फाइदा उठाएर पुलिस वाहनको ताला भत्काएर चम्पट कसेको थियो। यसपछि भक्ति नगर थाना पुलिसले चार अलग-अलग टीम बनाएर ती भाग्नेहरूको खोजी गरेपछि 4 जना मध्ये हालसम्म 3 जनालाई पक्राउ गरेको बताइएको छ।

केन्द्रको श्रम ऐन तथा कृषि बीलको प्रतिवादमा वीईएफआई-द्वारा र्‍याली


अक्टोबर 10, 2020

सिलगढी : केन्द्रको श्रम ऐन तथा कृषि बीलको प्रतिवाद जनाउँदै आज वाम श्रमिक संगठन ब्याङ्क कन्ट्राकचुअल एन्ड कन्ट्राक्ट वर्कमेन युनियन (वीईएफआई)-ले आज सिलगढीमा एउटा र्‍याली निकाल्यो। सिलगढीको अनिल विश्वास भवन अघिबाट आज संगठनका सदस्य तथा समर्थकहरूले एउटा र्‍याली निकालेर हिलकार्ड रोड हुँदै सिलगढीको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त र्‍यालीको माध्यमद्वारा संगठनका सदस्यहरूले श्रम ऐन तथा नयाँ कृषि बीलको विरोध जनाएको बताइएको छ।siliguritimes/from,india

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button