
२४ असोज २०७७
मेचीनगर । झापाको काँकरभिट्टा आज रातो पोष्ट मिडिया प्रालिको कार्यालय शनिबार उद्घाटन गरिएको छ ।
झापा क्षेत्र नं १ का सांसद राम कार्कीले एक कार्यक्रमका बीचउक्त प्रालिको कार्यालय विधिवत् रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद् कार्कीले समग्र विषयवस्तुलाई समेटेर सूचना सम्प्रेषण गर्न सुझाव समेत दिएका थिए ।
सांसद कार्कीले सञ्चालक र सम्पादन समूहलाई सुझाव दिँदै समाचारका सम्पूर्ण विधालाई समावेश गर्न समेत सुझाएका थिए ।
सो अवसरमा विशेष अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, अतिथि मेचीनगर प्रेस क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेश १का प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, प्रदेशसभा सदस्य राधा थापा, विशेष अतिथि मेचीनगर उपप्रमुख मीना उप्रेती, मेचीनगर ६ नम्बर वडा अध्यक्ष ललित तामाङ, पत्रकार महासंघका जिल्ला सचिव सन्तोष आचार्य, प्रेस संगठनका जिल्ला अध्यक्ष मुक्ति पौडेललगायत विभिन्न राजनीतिक दल तथा विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
रातो पोष्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक बालकृष्ण थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत सम्पादक दिलीप थापा र सञ्चालन सह सम्पादक प्रविण अधिकारीले गरेका थिए ।
उक्त प्रालिले रातो पोष्ट अनलाइन र रातो पोष्ट साप्ताहिक प्रकाशन गर्दै आएको छ । रातो पोष्ट प्रालि परिवारलाई चौतारी मिडिया न्यूज नेटवर्क प्रालि र चौतारी पोष्ट अनलाइनको तर्फबाट समेत शुभकामना ब्यक्त गर्दछौँ ।



