
खोरीबारीमा भाजपा-को चिया चर्चा कार्यक्रम
अक्टोबर 12, 2020
खोरीबारी : खोरीबारी खण्ड अन्तर्गत पर्ने रानीगञ्ज बिन्नाबारी मण्डलको मधुआबारी बुथ संख्या 22 -मा आज भाजपाको चिया चर्चा कार्यक्रमको आयोजना गरियो। भाजपा प्रदेश महासचिव सायन्तन बसु तथा दीप्तिमान सेनगुप्तले उक्त कार्यक्रम अवधि कृषि बीलसँग सम्बन्धित प्रमुख मुद्दाहरूबारे चर्चा गर्दै कृषि बील कृषकहरूको हितमा रहे तापनि विरोधी पार्टीहरूले यस बीलको विरोध गरिरहेको बताए। यसको साथै विरोध गर्ने पार्टीहरूले कृषि बीललाई लिएर राजनीति गरिरहेको सायन्तन बसुले आरोप लगाए। तिनले नयाँ कृषि बील लागू भए कृषकहरूलाई धेरै फाइदा हुने बताउँदै यसमा राजनीति नगरेर सबैले एकजुट भएर समर्थन गर्नुपर्ने बताए। यस अवसरमा नेशनल काउन्सिल मेम्बर गणेश चन्द्र देवनाथ लगायत स्थानीय कार्यकर्ताहरू उपस्थित थिए।
धुपगढीको कलुआ नदीबाट व्यक्तिको मृतदेह उद्धार

अक्टोबर 12, 2020
धुपगढी : धुपगढी साकोयाझोडा 1 ग्राम पञ्चायतको बुध बजार इलाकाको कलुआ नदीबाट 55 वर्षीय सदानन्द रायको मृतदेह उद्धार भएको छ। मृतक सदानन्द उक्त इलाका निवासी रहेको थाहा लागेको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार गत दिउँसो कलुआ नदीमा स्नान गर्न गएको समय स्थानीय मानिसहरूले उक्त मृतदेह देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।
पानीघट्टा बजारमा क्लिनिकको विधिवत उद्घाटन

अक्टोबर 12, 2020
मिरिक : च्याँगा पानीघट्टा ग्राम पञ्चायत (सीपीजीपी) लगायत तराईवासीहरूको स्वास्थ्य सुविधालाई ध्यानमा राखेर पानीघट्टा बजारमा डाक्टर क्लिनिकको आज सामाजिक कार्यकर्ता रङ्गु सौरिया अनि डा. एसएस राईले संयुक्त रूपमा उद्घाटन गरे। कोरोना सङ्क्रमणको परिस्थितिमा यहाँका मानिसहरू अस्वस्थ्य भएको खण्डमा डाक्टरकहाँ जाँच गराउनको लागि नक्सलबारी, सिलगढी र बाघडुग्रा आदि ठाउँहरूमा अब जानु पर्दैन। वर्तमान परिस्थितिको असुविधालाई ध्यानमा राख्दै पानीघट्टा बजारमा सम्बन्धित रोगका डाक्टरहरू आएर रोगीहरूको उपचार गर्नेछन्। डाक्टर क्लिनिक सञ्चालक विकास प्रधानले दिएको जानकारी अनुसार जेनरल सर्जन डा. एस स्याङदेन, डा. भीआर कुमार, डीएनबी रुलर सर्जन आदिले उक्त क्लिनिकमा उपस्थित भएर रोगीहरूको जाँच गर्ने भएका छन्।
खरसाङको मकैबारीमा खुल्ला नगद राशि फुटबल खेल शुरू
अक्टोबर 12, 2020

खरसाङ : खरसाङ खण्ड अन्तर्गत पर्ने मकैबारी चियाकमानको रूदाक्ष खेल मैदानमा रूदाक्ष युथ क्लबको आयोजनामा खुल्ला नगद राशि फुटबल खेल शुरू भएको छ। प्रतियोगिताको पहिलो खेल नयाँ बस्ती क्लब अनि महानदीमाझ भिडन्त भयो भने जसमा नयाँ बस्ती विजयी बन्यो। यसैगरी, पहिलो दिनको दोस्रो खेलमा आशिष ब्योजलाई मकैबारीले पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेको छ। उक्त प्रतियोगिताको उद्घाटन समारोहमा गोजयुमो खरसाङ महकुमा समिति अध्यक्ष पेमेन्द्र गुरूङ, केद्रिय समिति सदस्य सञ्जीब छेत्री, प्रणाम रसाईली लगायत मकैबारी चियाबगानका प्रबन्धकहरू, विभिन्न गाउँ समाजका प्रतिनिधिगण, स्थानीय वरिष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो।siliguritimes/from,india



