खेलकुद

माने र अलकान्तरा लिभरपुलको प्रशिक्षणमा

मङ्लबार, अशोज २७, २०७७

एजेन्सी – कोरोना संक्रमणमुक्त हुदै स्टार फरवार्ड साडियो माने र मिडफिल्डर थियागो अलकान्तार लिभरपुलको प्रशिक्षणमा जोडिएका छन् ।

दुई मुख्य खेलाडी प्रशिक्षणमा जोडिएसँगै लिभरपुलले राहतको सास फेरेको छ । यि दुई खेलाडीले सोमबार देखि लिभरपुलको प्रशिक्षणमा जोडिएका हुन् ।

कोरोना संक्रमणका कारण यि दुई खेलाडीले अन्तर्राष्ट्रिय ब्रेक हुनुअघिको दुई खेल गुमाएका थिए । उनीहरुले बेलान सरकारको नियमको पालना गर्दै १० दिनभन्दा बढी सेल्फ आइसोलेसनमा बसेका थिए ।

यसै समरमा जर्मन क्लब बायर्न म्युनिखबाट लिभरपुल आएका अलकान्तराले आर्सनल र एस्टन भिल्लाविरुद्धको खेल गुमाएको थियो । यस्तै मानेले भिल्लासँग ७–२ को लज्जास्पद हार बेहोरेको खेल गुमाएका थिए ।

२८ वर्षी अलकान्तराले कोरोनामुक्त भएपछि एक तस्विरको क्याप्सनमा ‘लिभरपुल वाल्क’ भनेर पोस्ट गरेका थिए । यि खेलाडीको १० दिनको पछिको अर्काे स्वाव संकलनमा कोरोना नेगेटिभ आएको थियो ।

यि दुई खेलाडीले प्रिमियर लिगको मर्सिसाइड डर्बी अर्थात यो सिजन उच्च लयमा रहेको एभर्टनविरुद्ध खेल्ने सम्भावना रहेको छ । एभर्टन र लिभरपुलबीचको खेल शनिबार हुदैछ ।
माने र अलकान्तरा कोरोना संक्रमणमुक्त हुदा लिभरपुलका अर्का खेलाडी नावी केइटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी गिनियाको टोलीमा रहेपनि कोरोनाका कारण सेल्फ आइसोलेसनमा बसिसकेका छन् । गिनियाले केप भार्डे, गाम्वियासँग अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेल्ने तालिका थियो । उनले एभर्टनविरुद्धको खेल गुमाउदा च्याम्पियन्स लिगको समुह चरणको आयाक्सविरुद्धको खेल पनि गुमाउने सम्भावना छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button