खबर

मेचीनगर प्रमुख विमल आचार्यलाई कोरोना संक्रमण पुष्टि

२८ असोज २०७७

काँकरभिट्टा । झापाको मेचीनगरका नगर प्रमुख विमल आचार्य कोराना संक्रमित भएका छन् । उनको परिवारका अन्य दुई जना सदस्यमा पनि संक्रमण पुष्टि भएको हो ।
झापाको सुरुङ्गास्थित प्रयोगशालामा नगर प्रमुख आचार्यको स्वाव परीक्षण गरिएको थियो । आज उनको रिपोर्ट आएको हो ।यसैगरि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ६३८ जनामा कोरोना पुष्टि भएको बताए।उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button