खबर

आज देखि झापामा राति ८ बजेदेखि बिहान ५ वजेसम्म निषेधाज्ञा

२ कार्तिक २०७७
बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले आजदेखि कोजाग्रत पूर्णिमासम्म बेलुकी ८ देखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

दशैं शुरु भएको र जिल्लामा कोरोनाको संक्रमण तीब्ररुपमा फैलिँदै गएको निष्कर्षसहित उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी सूचनामा अत्यावश्यक काममा बाहेक सो समयभित्र हिंडडुल, सवारी साधनको आवतजावत, पसल व्यवसाय आदि नगर्न रोक लगाइएको हो । त्यसैगरी दशैंलाई लक्षित गर्दै प्रशासनले अबैध मदिरा उत्पादन तथा विक्री वितरण नगर्न, मदिरा सेवन गरेर सवारी नचलाउन, पटाका तथा आतिशवाजी वस्तुहरुको ओसारपसार नगर्न नगराउन, धार्मिक, सामाजिक तथा साँस्कृतिक सद्भाव विथोल्ने किसिमका गतिबिधिहरु नगर्न, विभिन्न संघ संगठन तथा संस्थाहरुले गर्ने शुभकामना आदानप्रदान जस्ता मानिस जम्मा भएर गरिने कार्यक्रमहरु नगर्न , ध्वनी प्रदुषण हुने गरी ठूलो आवाजमा माइक नबजाउन पनि सूचित गरेको छ । धार्मिक शक्तिपिठहरुमा नित्य पूजाबाहेक भेला भएर भीडभाड मेला बजार आदि लगाउन पनि रोक लगाइएको छ । जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले सो सम्बन्धिको निर्णय गरेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button