सोमवार, कार्तिक ३, २०७७
एजेन्सी – एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शत प्रतिशत जित दर्ता गर्ने क्रममा लेस्टर सिटीमाथि १–० को रोमाञ्चक जित निकालेको छ ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रस बार्कलेले गोल गरेपछि भिल्लाले लेस्टरलाई उसकै मैदानमा हराएको हो ।
प्रिमियर लिगमा भिल्लाको यो लगातार चौथो जित हो । भिल्लाले यसअघि सेफिल्ड युनाइटेड, फुलहम र लिभरपुलमाथि जित निकालेको थियो ।
जितसँगै अपराजित रहेको भिल्ला चार खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित लेस्टर ९ अंकसहित चौथो स्थानमा रहेको छ ।hamrokhelkud/from



