मूल खबर

रहेनन् बामपंथी नेता मैनाली ! जो सधै जनताका झुप्रामा रहन्थे

९ कार्तिक २०७७
मेचीनगर । बामपन्थी नेता डिल्लीकुमार मैनालीको आज विहान निधन भएको छ । निरन्तर कम्युनिष्ट आन्दोलनमा यात्रारत मैनालीको ७३ वर्षको उमेर आज निधन भएको हो । आफ्नो राजनीतिक यात्राको क्रममा गरिब र निमुखा जनताको झुप्रो र छाप्रामा बिताएका मैनाली स्पष्ट र क्रान्तिकारी विचारप्रति निष्ठावान नेताका रुपमा समेत परिचित थिए ।

७३ वर्षिय मैनालीको बिर्तामोड ८ स्थित आफ्नै घरमा विहान ५ बजे निधन भएको हो ।लामो समयदेखि उनी सुगर, प्रेसर र युरिक एसिड लगायतका रोगबाट पीडित  रहेको जनाइएको छ । पूर्व प्रधानपञ्च मैनाली तत्कालीन गरामनी गाबिसको दुईपटक सम्म जनपक्षिय प्रधानपञ्च भएका थिए । उनी २०३७ र २०४४सालमा गरामनीको प्रधानपञ्च भएका थिए । यसै गरि जिल्ला विकास समिति झापाको सदस्य पनि भएका थिए । नेपालमा बहुदल ल्याउन जनपक्षीय नेता मैनालीले ठूलो योगदान दिएका थिए । २०४६ सालको आन्दोलनमा पक्राउ परेका मैनाली २१ महिना जेल बसेका थिए । पछि बहुदल आएपछि उनलाई सिराहा जेलबाट मुक्त गराइएको थियो । कम्युनिष्ट विचारधाराका जनवादी नेता मैनाली पहिला एमालेमा थिए । त्यसपछि माले , माओवादी , जनमोर्चालगायतका पार्टी प्रवेश गरेका थिए ।आफ्नो राजनीतिक जिवनको सम्पूर्ण समय गरिब झुप्रो र छाप्रोमा समपर्ण गरेका मैनालीप्रति चौतारी पोष्ट अनलाइन परिवार भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button