
९ कार्तिक २०७७
मेचीनगर । झापाको बिर्तामोड क्षेत्रका समाजसेवी पर्शुराम ढकालको आज विहान निधन भएको ।
बिर्तामोड क्षेत्रकै पुराना बासिन्दा ढकालको विहान १० बजे ९९ वर्ष ४ महिनाको उमेरमा निधन भएको हो ।सामान्य अवस्थामा
रहेका ढकालमा केही दिनदेखि सुगर बढेको छोरा मोहन ढकालले बताए । वयोबृद्ध ढकालले विभिन्न सामाजिक कार्य गरेका थिए । उनको आज दिउँसो १ बजे कनकाई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । स्वर्गीय ढकालका छोराहरु मोहन ढकाल , स्व। मदन ढकाल , लक्ष्मण ढकाल , स्व। भरत ढकाल , अरुण ढकाल , सुरेश ढकाल , छोरी दुर्गा ढकाल , ज्वाइँ भीष्म आचार्य र दुई दर्जनभन्दा बढी नातिनातिनाहरु रहेका छन् ।



