खेलकुद

हाजार्ड च्याम्पियन्स लिग टोलीमा समावेश

कार्तिक ११, २०७७

जेन्सी – बोरुसिया मोन्चेनग्लाडवाचसँग मंगलबार हुने च्याम्पियन्स लिगअन्तर्गत समुह चरणको खेलका लागि रियल म्याड्रिडले २१ खेलाडीको नामावली सार्वजनिक गरिसकेको छ । जर्मन भ्रमण टोलीमा इडन हाजार्डलाई पनि समावेश गरिएको छ ।

बेल्जियन स्टारले नयाँ चोटका कारण जारी सिजनमा कुनै पनि खेल खेलेका छैनन् । रियल आएयता नै उनी पटक पटक चोटका कारण टोली बाहिरै रहँदै आएका छन् । जसका कारण अघिल्लो सिजन उनले २२ खेल मात्र खेलेका थिए ।

हाजार्डले आइतबार टोलीका अन्य सदस्यसँग अभ्यास गरेका थिए । शनिबार एल क्लासिकोमा बार्सिलोनालाई ३–१ ले हराएको भोली पल्ट रियल च्याम्पियन्स लिगको तयारीमा जुटेको थियो । अभ्यासमा सामेल भएका हाजार्ड २१ सदस्यीय टोलीमा आटेका छन् ।

राइट ब्याक डानी कार्भाजाल र अल्भारो ओर्डियोजोला मंगलबार खेलमा हुने छैनन् । राइट डिफेन्सका मुख्य वैकल्पिक नाचो पनि २१ सदस्य टोली छैनन् । मार्टिन ओडेगार्ड र मारियानोलाई चोट कारण टोलीमा समावेश गरिएको छैन ।

मोन्चानग्लाडवाचसँगको खेलका लागि रियलले जारी गरेको २१ खेलाडीको सुची

थिबाउट कोर्टुवा, एन्ड्री लुनिन, डिएगो अल्टुबे, एडर मिलिसाओ, सर्जियो रामोस, राफेल भेरान, मार्सेलो, फेर्लान्ड मेन्डी, सान्तोस, टोनी क्रुस, लुका मोड्रिच , कासिमेरो, फेडे भालर्भेर्डे, इस्को, इडेन हाजार्ड, करिम बेन्जेमा, मार्को एसेन्सियो, लुकास भाज्क्वेज, लुका जोभिच, भिनिसियस, रोड्रिगो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button