खबर

ट्रम्पलाई सुखद् संकेत, एमी कोनीको नाम सिनेटबाट स्वीकृत

११ कार्तिक २०७७
एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित एमी कोनी ब्यारेटको नाम अमेरिकाको माथिल्लो सदन सिनेटले पारित गरेको छ ।

अति तीव्र गतिमा भएको सुनुवाई प्रक्रियापछि माथिल्लो सदनमा पकड रहेका रिपब्लिकन सिनेटरले कोनीको नाम पारित गरेका हुन् ।

सिनेटमा भएको मतदानमा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका सिनेटर न्यायाधीश कोनीको पक्षमा मतदान गरे । सिनेटमा उनको पक्षमा ५२ तथा विपक्षमा ४८ मत परेको हो ।

चुनावको एक हप्ता मात्रै बाँकी हुँदा ट्रम्प सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने प्रक्रियामा सफल भएका हुन् । चुनाव जारी रहेका बेला न्यायाधीश नियुक्त गर्न नहुने भन्दै डेमोक्र्याटहरुले विरोध गर्दै आएका थिए ।

तर चार वर्ष पहिले चुनाव भन्दा १० महिना पहिले खाली भएको न्यायाधीश पदपूर्ति गर्न नदिएका रिपब्लिकनहरुले भने यो पटक आफ्नो विगतको अवधारणा नै लत्याएका हुन् ।

सोमबार बेलुका भएको मतदानमा एक मात्र रिपब्लिकन सिनेटर सुजन कोलिन्सले कोनीको विपक्षमा मतदान गरिन् । ४८ वर्षकी न्यायाधीश कोनीले लगत्तै सर्वोच्च न्यायाधीशका शपथ राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा लिने तयारी छ ।janadesh.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button