खबर

अस्पतालको बेडबाट मेचीनगर प्रमुख आचार्य भन्छन् ‘मेरो स्वास्थ्यमा सुधार हुदैछ

१७ कार्तिक २०७७
मेचीनगर
मेचीनगरवासी आमाबुबा, दिदीबहिनी ,दाजुभाईलगायत मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सवैप्रति सर्वप्रथम म हार्दिक आभार प्रकट गर्दछु ।
असोज २८ गते कन्काई नगरपालिकामा रहेको कन्काई पिसीआर प्रयोगशालाको रिपोर्ट अनुसार म मा नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भएको यहाँहरू सवैलाई अवगत नै छ । संक्रमण पुष्टि भए लगत्तै म व्यवस्थितरूपमा होम आईसोलेसनमा बसेको थिए । मेरो थप स्वास्थ्य परीक्षण गर्नुपर्ने महसुश गरि २०७७ कार्तिक ४ गते विराटनगरस्थित नोवल मेडिकल कलेज पुगे । डक्टरको परामर्श अनुसार म त्यहा भर्ना हुनुपर्ने भयो ।
अस्पताल भर्ना भएपछि एकसाता मेरो नोवलमा उपचार भयो । विभिन्न खालका परीक्षण भए । तर, अपेक्षा अनुसार मेरो स्वास्थ्यमा सुधार नभएपछि कार्तिक ११ गते मंगलवारसाँझदेखि म भारतको पश्चिम बंगाल राज्यको शिलीगुडी हिलकार्ट रोडमा रहेको किन्स अस्पतालमा उपचारकालागि भर्ना भएको सवैलाई थाहा नै छ । म सो अस्पतालको ज्म्ग् यूनिटमा छु ।
मेरो डक्टर शेखर चक्रवर्ती नेतृत्वको टिमले उपचार गरिरहेको छ । अहिले मेरो स्वास्थ्यमा निक्कै सुधार छ । मेरो मधुमेह, व्लडप्रेसरसवै नरमल छ भने ज्वरो, खोकी, रूघामर्की,श्वासप्रश्वासमा कुनै समस्या छैन् । लङ्सको संक्रमण औषधिले निक्कै ठीक गर्दैछ । यसैका कारण आज गर्ने भनिएको मेरो सिटस्क्यान तत्काल गर्नुनपर्ने डक्टरले बताएका छन् । डक्टर चक्रवर्तीका अनुसार मेरो स्वास्थ्य मा दिनप्रतिदिन सुधार छ रे । अहिले मलाई खानामा रुचि हुनुका साथै रातमा निन्द्रा आउछ । भाइ सन्तोषसँग बेला बेला कुराकानी हुन्छ । मैले पनि आफै महसुश गरेको छु मेरो स्वास्थ्यमा क्रमस सुधार आएको छ।
डक्टरको भनाई अनुसार मलाई पुर्णरूपमा ठीक हुन ७र८ दिन लाग्छ । म अस्पतालको बेडबाटै नगरवासीलगायत सवैमा अनुरोध गर्न चाहान्छु कि कोभिड १९ को संक्रमणबाट हामी सवै बचौँ । नेपाल सरकार , विश्व स्वास्थ्य संगठनको स्वास्थ मापदण्डको पुर्णरूपमा पालना गरौ । अनावश्यक भीडभाडमा नजाआ‌ँ, सावुन पानीले मिचीमिची हात धोऊँ, सेनिटाईजर र मास्कको प्रयोग गरौ सामाजिक दुरी कायम गरौ ।
अन्त्यमा म मेरो शीघ्र स्वास्थ लाभको कामना गर्नुहुने , उपचारमा संलग्न चिकित्सकलगायत आम मेचीनगरवासीमा हार्दिक आभारप्रकट गर्दै अब चाडै कोरोनालाई जितेर यहाँहरू समक्ष आउने छु।
विमल आचार्य
नगरप्रमुख
मेचीनगर नगरकार्यपालिकाको कार्यालय
१ नम्वर प्रदेश झापा, हाल
शिलीगुडीस्थित किन्स अस्पताल
नगरप्रमुख आचार्य अहिले अस्पतालको वेडमा रहेकाछन्। (हामीले यो सन्देश सामाग्री मेचीनगरका प्रेस संयोजक लक्ष्मी उप्रेतीको फेसबुक पेजबाट जस्ताको तस्तै साभार गरेका हौँ) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button