१९ कार्तिक २०७७
जनादेश, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आज मनमोहन सेन्टर एनेक्सको भवन उद्घाटन समारोहमा बोल्दै ओलीले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु दिनु भएको बताए ।
आफ्नो राजीनामालाई लिएर बेला बेलामा यस्ता अफवाह फैलिने गरेको बताउँदै उनले भने , ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन ।’
यस्तै, आफूलाई जनताले नै छाने पठाएको बताउँदै ओलीले भने ‘म यहाँ आएको जालझेल र तिक्डमबाट होइन, जनताको आवश्यकता र व्यापक समर्थनबाट हो । तपाईंहरु ढुक्कले काममा लाग्नुस्’ उनले भने ।



