२० कार्तिक २०७७
ललितपुर ।
आज थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै नेपालमा संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ।
प्राप्त जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३४३० डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या एक लाख ४८ हजार ४०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ हजार ५२ पुगेको छ ।
अािहले मुलुकमा ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् ।



