खेलकुद

सेफिल्डमाथि चेल्सीको पूनरागमन जित

कार्तिक २३, २०७७

एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याएर लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सेफिल्डमाथि ४–१ को सानदार पूनरागमन जित हात पारेको छ ।

चेल्सीको सानदार पूनरागमन जितमा ट्याम्मी अब्राहम, बेन चिलवेल, थियागो सिल्भा र टिमो वेर्नरले गोल गरे । डेभिड म्याकगोल्डरिकको गोल सान्त्वना बन्यो ।

स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा घरेलु टोली चेल्सी खेलको नवौं मिनेटमा पछि परेको थियो । सेफिल्डका डेभिड म्याकगोल्डरिकले सान्डर वर्गको पासमा गोल गरेका थिए । २३औं मिनेटमा ट्याम्मी अब्राहमले गाल गर्दै चेल्सीलाई खेलमा फर्काए । उनले माटियो कोभासिसको क्रसमा अनमार्क रहेका अब्राहमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

३४औं मिनेटमा बेन चिलवेलले गोल गर्दै खेलमा चेल्सीलाई २–१ को अग्रता दिलाए । उनले हाकिम जियाचको पासमा क्लोज रेन्जबाट गोल गरेका थिए । ४८औं मिनेटमा कोभासिसले गोलको सुवर्ण अवसर खेर फाले ।

७७औं मिनेटमा थियागो सिल्भाले गोल गर्दै चेल्सीलाई सहज जिततर्फ अघि बढाए । हाकिम जियाचको फ्रिकिकलाई सिल्भाले हेडरमार्फत सदुपयोग गरेका थिए । ८०औं मिनेटमा एङ्गोलो कान्टेको पासमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई ४–१ को सानदार जित दिलाए ।

यो जितसँगै चेल्सी ८ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान १५ अंक नै रहेपनि एक खेल कम खेलेको लेस्टर गोल अन्तरमा चौथोमा छ । पराजित सेफिल्ड १ अंकसहित पुछारमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button