
१८ मंसीर २०७७
चौतारी पोष्ट अनलाइन, मेचीनगर। राप्रपा झापाले आगामी मंसीर २० गते हुने भनिएको बृहत मोटरसाईकल ¥यालीमा हजारौँ कार्यकर्ता र समर्थकको सहभागिता हुने दाबी गरेको छ । आज(बिहिबार) झापाको काँकरभिट्टामा मंसीर २० गते हुने ¥यालीका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा राप्रपाका नेताहरुले यस्तो दाबी गरेका हुन् । झापाको काँकरभिट्टाबाट शुरु हुने सो ¥याली बिर्तामोडमा पुगेर समापन हुने उनीहरुले बताए ।
राजसंस्थाको स्थापना, संघीयताको खारेजी र हिन्दू राष्ट्रको माग सहित आयोजना गरिएको सो कार्यक्रममा कोरोनाका कारण सरकारले रोक लगाएर दमन गर्न खोजे आफुहरुले गिरफ्तारी दिने तर कार्यक्रम स्थगित नहुने उनीहरुले बताए । बृहत मोटरसाईकल ¥यालीका संयोेजक तथा राप्रपाका युवा नेता धु्रबकुमार उप्रेतीले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर कार्यक्रमको आयोजना गरिने बताए । पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रीय सदस्य भक्ति सिटौला लगायत राप्रपा झापाका जिल्ला र क्षेत्रका नेताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन राप्रपा मेचीनगरका सभापति शुशिल आचार्यले गरेका थिए ।



