कला

भर्चुअलमार्फत हुँदै ‘किम्फ’, १५ देशका फिल्म प्रदर्शन हुने

फिल्मीखबर, काठमाण्डौ, 2020/12/09

काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १८ औं संस्करण भर्चुअलमार्फत आयोजना हुने भएको छ । मंसिर २५ गतेदेखि सुरु हुन लागेको महोत्सव चार दिनसम्म चल्नेछ । मंसिर २९ गते समापन हुने महोत्सवमा यसपटक १५ देशका १८ फिल्म प्रदर्शन हुनेछन् । त्यस्तै, ‘नेपाल पानोरामा अन्तर्गत १३ कथानक र डकुमेन्ट्री देखाइने आयोजक संस्थाले बताएको छ ।

अन्तर्राष्ट्रिय फिल्महरुमा पर्वतीय जनजीवन, संस्कृति, वातावरण र पर्वतारोहण तथा साहसिक क्रिडाकर्म समेटिएका छन् । नेपाल पानोरामामा प्रतिभाशाली युवा नेपाली चलचित्रकर्मीको प्रस्तुति देखाइने छ । भुटानी फिल्मका निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ फिल्म ‘लुकिङ फर अ लेडी विथ ल्याङ्गस एन्ड अ मुस्ट्याच’ को प्रदर्शनसँगै ‘किम्फ’ को औपचारिक रुपमा उद्घाटन हुनेछ ।

यसपटक ‘किम्फ’ को निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री मेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार र फिल्ममेहर लिजा रुस्ली र नेपालका नयनराज पाण्डे रहेका छन् । उनीहरुले अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट तीन फिल्म तथा नेपाल पानोरामातर्फ उत्कृष्ट कथानक र उत्कृष्ट डकुमेन्ट्री छनोट गर्नेछन् । महोत्सवमा प्रदर्शन हुने फिल्महरु www.kimff.org मार्फत् हेर्न पाउने व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रियतर्फ पहिलो, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख पुरस्कार पाउनेछन् । पुरस्कार राशी नेपाल पर्वतारोहण संघ, हिमालय इन्टरनेसनल माउन्टेन फिल्म अफ चाइना (हिम्फ) र स्वीट्जरल्यान्डका व्यवसायी उर्सुला तथा फ्रेडी ओहल्यान्डद्वारा उपलब्ध गराउनेछ । उत्कृष्ट नेपाली कथानक र डकुमेन्ट्रीले नगद १ लाख र ७५ हजार प्राप्त गर्नेछन् ।filmykhabar/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button