

जी एन शर्मा
गीत
अदालतको आाँगनबाट जुनदिन हामी टाडा भयौं
तिम्रो जिद्दी मेरो ढिपी फैसलामा दुबै हार्यौं
भावनालाई कानुन सँग जोख्न हामी पुगेकाथ्यौं
छुट्नु अघि संझ त्यो दिन घित्का छोड्दै रोएकाथ्यौं
जिन्दगीको यात्रा भरि न छुटिने हाम्रो कसम
कति छिट्टै तिमी र म बेवारिसे लास भयौं
मलाई जस्तै तिमीलाई पनि पश्तापले पिरल्दो हो
दुबै आगो भई दिदाको प्रतिफलले चिमोट्दो हो
सपनी र झ झल्कोमा विगतले पिर्छ क्यार
एक्लो छँदा एकान्तमा मुटु साच्चै पोल्छ होला
जे भो भैगो बाँकी जिवन उल्लासमय बन्दै जाओस्
प्रगतीको पथमा सँधै तिम्रो यात्रा बढी रहोस
छैन केही भन्नु अब जे हुनुथ्यो भई नै सक्यो
पूर्णीमाको जूनलाई कालो रातले ढाकी सक्यो

