खेलकुद

बिल्वाओ कोपा डेल रेको क्वाटरफाइनलमा

माघ १६, २०७७

एजेन्सी – राउन्ड अफ ३२ मा रियल म्याड्रिडलाई हराएर सनसनी मच्चाएको एल्कोयानोलाई २–१ ले हराउदै एथलेटिको बिल्वाओ कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिल्वाओले एल्कोयानोमाथि उसकै मैदानमा एक गोलले पछि परेको अवस्थामा जित निकालेको हो । बिल्वाओको जितमा एसिएर भिल्लालिब्रे र इनाकी विलियम्सले गोल गरे । एल्कोयानोका पाब्लो कार्वाेनेलको गोल सान्त्वना बन्यो ।

खेलको ३९औं मिनेटमा पाब्लो कार्वाेनेलको गोलबाट अग्रता लिएको थियो । तर, एल्कोयानोले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ५३औं मिनेटमा एसिएर भिल्लालिब्रेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७८औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्वाओलाई २–१ को अग्रता दिलाए । उनेल इकर मुनिएनको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा बिल्वाओ विजयी हुदै अन्तिम आठमा पुग्न सफल भयो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button