खेलकुद

टोटेनहममाथि लिभरपुलको जित

माघ १६, २०७७

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले टोटेनहम हस्टपरलाई उसकै मैदानमा ३–१ ले हराएको छ ।

बिहीबार राति भएको खेलमा लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड र साडियो मानेले गोल गर्दा टोटेनहमका लागि पिएरे इमिल होब्जजर्गले एक गोल फर्काए ।

टोटेनहम हस्टपर स्टेडियममा घरेलु टोलीले खेलको तेस्रो मिनेटमा गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा टोटेनहम अग्रतथा लिनबाट चुकेको थियो । गोलकर्ता ह्युङ मिन सन अफसाइड ठहरिएका थिए ।

पहिलो हाफको थप गरिएको चौथो मिनेटमा रोबर्टाे फिर्मिनोले गोल गर्दै लिभरपुललाई १–० ले अघि बढाए । उनले साडियो मानेको पासलाई सदुपयोग गरेका थिए । दोस्रो हाफको शुरुमै लिभरपुलले अग्रता दोब्बर पार्न सफल भयो । ४७औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डले गोल गर्दै लिभरपुललाई २–० ले अघि बढाए ।

४९औं मिनेटमा पिएरे इमिल होब्जजर्गले गोल गर्दै टोटेनहमलाई खेलमा फर्कने संकेत दिए । उनले स्टेभन वर्गवाइनको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ५६औं मिनेटमा मोहम्द सलाहले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

उनले सलाहले गोल गर्नुअघिको मुभमा फिर्मिनोले विपक्षी खेलाडी माथि फल गर्न पुगेका थिए ।६५औं मिनेटमा साडियो मानेले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा गोल गर्दै लिभरपुलाई ३–१ को जित दिलाए ।

यो जितसँगै लिभरपुल २० खेलबाट ३७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित टोटेनहम १९ खेलबाट ३३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ४१ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४० तथा तेस्रो स्थानको लेस्टर सिटीको ३९ अंक छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button