खेलकुद

म्यानचेस्टर एफए कपको क्वाटरफाइनमा

बुधबार, माघ २८, २०७७

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी वेस्ट ह्याम युनाइटेडलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले गरेको गोलले युनाइटेडले अन्तिम आठको यात्रा तय गर्न सफल भयो । उनले ९७औं मिनेटमा मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए ।

खेलको ११औं मिनेटमा युनाइटेडका एलेक्स टेलासले मार्कुस रासफोर्डसँग वान टु वान पास खेल्दै बनेको मुभलाई एन्जेलो ओग्वोन्नाले ब्लक ग । २७औं मिनेटमा एलेक्स टेलासको कर्नरमा भिक्टर लिन्डेलफको प्रहार डावासनलाई डिफ्लेक्ट हुदै आएको बललाई गोलरक्षक लुकास्ज फाविएन्स्कीले बचाए ।

५३औं मिनेटमा एन्थोनी मार्सियालको प्रहारलाई गोलरक्षक फाविएन्स्कीले विफल पारे । त्यसपछि पनि गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । ९७औं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए ।

उनले मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए । ११४औं मिनेटमा बिन जोन्सनको क्रसमा सेइड बेनरहमाको प्रहार सिधै गोलरक्षक डिन हेन्डरसनको हातमा पुग्दा वेस्टह्याम बराबरीबाट चुक्यो ।

अर्काे खेलमा बर्नमाउथले बर्नलेलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । बर्नमाउथका साम सुरिज र जुनियर स्टानिसलासले गोल गरे ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button