
२८ माघ २०७७
काँकरभिट्टा
झापाको मेचीनगरमा विभिन्न पार्टी परित्याग गरि तीन दर्जन बढी राप्रपामा प्रवेश गरेकाछन् । राप्रपा मेचीनगरका सभापति शुशिल आचार्यका अनुसार नव प्रवेशीहरुलाई राप्रपाका नेता राजेन्दप्रसाद लिङ्गदेनले अबिर लगाएर पार्टीमा प्रवेश सहित स्वागत गरेका थिए । बुधवार मेचीनगरका विभिन्न वडामा आयोजना गरिएका कार्यक्रममा उनीहरु राप्रपामा प्रवेश गरेका हुन् ।

यसै गरि पवित्रा थापाको अध्यक्षतामा २१ सदस्यीय राप्रपा ५नम्बर वडा समिति गठन समेत भएको आचार्यले चौतारी पोष्ट अनलाइनलाई बताए।सो कार्यक्रममा प्रमुख अतिथि नेता राजेन्द्रप्रसाद लिङ्गदेनरहेका थिए भने अतिथि हरुमा रमेश दाहाल,देबि दंगाल,सुशील आचार्य,सबिना बजगाँई,दिपेश राई रहेका थिए।विभिन्न पार्टी परित्याग गरि वडा नम्बर ५ मा ४० जना र वडा नम्बर ७ प्यारिभिट्टामा १२ जना राप्रपा मा प्रबेश गरेका हुन्।५ नम्बर वडा अधिबेशन को अध्यक्षता राम कुमार गिरीले गरेका थिए ।



