खबर

रेस्टुरेन्टमा सरकारी पैसा तिरेको आरोप लागेका मेयरले दिए राजीनामा

३० माघ २०७७
newsofnepal
रोम, (एजेन्सी) ।

इटालीको राजधानी रोमका मेयर इग्नाजियो मारिनोले आफ्नो क्रेडिट कार्डबाट गरिएको खर्च विवादको कारण पदबाटै राजीनामा दिएका छन् । तर, मारिनोले सरकारी कोषबाट रेस्टुरेन्टको आफ्नो निजी बिल तिरेको भन्ने आफँमाथि लगाइएको आरोप भने अस्वीकार गरेका छन् ।

उनले आफँले २२ हजार ५ सय अमेरिकी डलर भुक्तानी गरिदिने प्रस्ताव राखेका थिए । तर, आफ्नो डेमोक्रेटिक पार्टीले यसै विवादलाई लिएर उनीप्रतिको समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिने निर्णय गरेका हुन् ।उनीमाथि यसअघि नै रोममा सु–व्यवस्था कायम गर्न नसेको भन्दै दबाब परिरहेको थियो । गत वर्ष पनि भुक्तानी नगरिएका पार्किंग टिकटको विषयलाई लिएर उनको राजीनामा मागको आवाज उठेको थियो ।

त्यसैगरी, उनी अघिका मेयरलगायत अन्य थुप्रै राजनीतिज्ञहरूसँग भ्रष्टाचारमा मुछिएको पाएपछि उनको लोकप्रियता पनि खस्किएको थियो ।सन् २०१३ मा कार्यकाल सम्हालेका मारिनोको माफिया बोसको रवाफका साथ गरिएको अन्त्येष्टि नरोकेकोमा पनि आलोचना भएको थियो । उनले आफ्नो राजीनामा अपराध स्वीकारको रूपमा नलिन आग्रह गर्दै राजनीतिक परिस्थितिले नै पदमा रहिरहन असम्भव भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button