खेलकुद

लाइप्जिगले अग्सवर्गलाई हरायो

फागुन १, २०७७

एजेन्सी – जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगले अग्सवर्गलाई पराजित गरेको छ । घरेलु मैदानमा लाइप्जिगले अग्सवर्गमाथि २–१ को जित हात पारेको हो ।

लाइप्जिगको जितमा ड्यानियल ओल्मो र क्रिस्टोफेर एनकुकुले गोल गरे । अग्सवर्गका ड्यानियल कालिलगुइरीले गोल गरेपनि हार टार्न सकेन।

रेडबुल एरिना लाइप्जिगमा घरेलु टोलीले खेलको ३८औं मिनेटमा ड्यानियल ओल्मोको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ३३औं मिनेटमा रिस अक्सर्फोले पेनाल्टी बक्समा नोर्दी मुकिइलीलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा ओल्मोले गोल गर्न नसकेपनि भिएआरको सहायता लिदै रि पेनाल्टीमा ओल्मोले गोल गर्दै लाइप्जिगलाई १–० को अग्रता दिलाए ।

४३औं मिनेटमा क्रिस्टोफेर एनकुुकुले गोल गर्दै लाइप्जिगको अग्रता दोब्बर पारे । उनले युस्सुफ पउलसेनको पासमा गोल गरेका थिए । ७७औं मिनेटमा ड्यानियलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसकेपछि लाइप्जिग विजयी हुन सफल भयो।

यो जितसँगै लाइप्जिगले शीर्षस्थानमा रहेको बायर्न म्युनिखसँगको अंक दुरी ४ मा झारेको छ । लाइप्जिगको २१ खेलबाट ४४ अंक पुगेको छ । एक खेल कम खेलेको शीर्षस्थानको बायर्नको ४८ अंक छ । पराजित अग्सवर्ग २२ अंक जोडेर १३औं स्थानमा छ ।

यता, स्पेनिस ला लिगामा सेल्टा डि भिगोले इल्चेलाई ३–१ ले पराजित गरेको छ । सेल्टाको जितमा सान्टी मिनाले दुई तथा ब्रेइस मेन्डिजले एक गोल गरे । इल्चेका इमिलियानो रिगोनीले एक गोल फर्काए ।

यो जितसँगै सेल्टाको २३ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित इल्चे २१ खेलबाट १८ अंक जोडेर १९औं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button