मूल खबर

‘ओली नेतृत्वको सरकारले नेपाली जनताका पक्षमा काम गर्न सकेन’सिटौला

३ फागुन २०७७
मेचीनगर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली जनताका सामु मा गरिएको आत्मालोचना गरेर वर्तमान व्यवस्था विरोधी कार्य सच्याउन चेतावनी दिएका छन् ।

नेपाली काँग्रेस झापालेआज झापाको चन्द्रगडीमा आयोजना गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरूद्धको विरोधसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्मदै स्थीर संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम संविधानको मूल उपलब्धी संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता प्रगतिशील राजनीतिक कार्य बिरूद्धको कदम भएकोले आत्मालोचना गरेर सच्चिन चेतावनी दिएका थिए । नेता सिटौलाले तीनवर्षे अवधिमा देश र जनताका पक्षमा काम गर्न नसकेको ओली सरकार आफ्ना आसेपासे कम्युनिस्ट पार्टीका लागि मात्र चर्तिकला भएको बताउँदै संविधान मस्यौदा समितिका सभापति समेत रहेका सिटौलाले राजा महाराजाको अपूर्व अधिकार खोज्नेकेपी ओली तानाशाह बन्ने प्रयासमा रहेकोले खवरदारी जरूरी भएको समेत आरोप पनि लगाए ।

सिटौलाले समृद्ध नेपाल सुखी नेपाली उखान र भाषणले नहुने भन्दै प्रदेश १ कै गौरवशाली आयोजनाको रूपमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण अलपत्र परेको उदाहरण प्रस्तुत गरे । सिटौलाले राजनीतिक अस्थिरता निम्तनेगरी संसद विघटन गरेर गणतन्त्रका लागि ज्यान बलिदान गर्ने सहिदको रगतमा समेत ओलीले हिलो छेपेको आरोप लगाए । तीनवर्षे कार्यकालमा देश र जनताको उन्नति हुने काम गर्न नसकेका ओलीले नेकपाको नेता समेत हुन नसकेर आफ्नो रिस संसदमाथि पोखेको आरोप लगाउँदै सिटौलाले प्रधानमन्त्रीको आवरणमा वर्तमान संविधान ध्वस्त पार्ने खेल हुन संक्ने आशंका समेत गरे । सम्बोधनका क्रममा उनले संविधानको मूल मर्मको रक्षा गर्ने जिम्मेवारी अदालतमा रहेकोले कसैको दवाव, प्रभाव र सेटिङ्गमा न्यायाधीश लाग्नु नहुने भन्दै न्यायालयको गरिमा बचाउन अपिल समेत गरेका थिए ।
काँग्रेसझापा जिल्ला सभापति उद्धव थापाको सभापतित्वमा सम्पन्न सभामासंविधानसभाका सदस्य सुधिरकुमार शिवाकोटीलगायतले मन्तव्य राख्दै कम्युनिष्ट नारामा मात्र सर्वहाराका प्रतिनिधि भएको भन्दै सर्वहाराको उन्नतिमा कुनै काम नगरेको आरोप लगाएका थिए । क्षेत्रीय सभापति गणेश पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव प्रेम सम्वाहाम्फेले गरेका थिए । सभामा जिल्लाभरका काँग्रेस कार्यकर्ताको सहभागितारहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button