मूल खबर

नेता नेम्वाङ भन्छन्–‘सूर्य चिह्न हाम्रै हो’

५ फागुन २०७७
चौतारी पोष्ट अनलाइन
मेचीनगर । संविधानसभा अध्यक्ष एवँ नेकपा स्थायी कमिटी सदस्य सुभाषचन्द्र नेम्वाङले सूर्य चिह्न र पार्टीको आधिकारिता ओली समूहले नै पाउने दाबी गरेका छन् ।
नेकपा ओली समूहको १ नं क्षेत्रीय भेलालाई बुधबार धुलाबारीमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘कुनै चिन्ता लिनुपर्दैन् साथीहरु, सूर्य चिह्न हाम्रै हो ।’–अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने ।
आफ्नै पार्टीभित्रको विपक्षी समूहबाट सडकमा मुख छाडिरहेपनि पार्टीको आधिकारिकता आफूसँगै भएकाले संयमता अपनाइएको उनको तर्क थियो ।
भेलाका अर्का वक्ता स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चुनावको विरोध गर्दै निर्वाचन आयोग धाउने र विघटित संसद् ब्युंत्याउन खोज्नेहरुलाई प्रतिगमनकारीको संज्ञा दिए ।
उक्त समहूका क्षेत्रीय कमिटी संयोजक तथा प्रदेश सांसद् गोपाल बुढाथोकीको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज देवेन्द्र दाहाल, केन्द्रीय सदस्य हरिचरण बानियाँ, केन्द्रीय सदस्य एवँ मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button