खेलकुद

हालान्ड चम्कदा डर्टमुन्डको जित

फागुन ६, २०७७

एजेन्सी – नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको दुई गोल तथा अर्काे गोलको लागि असिस्ट दिएपछि जर्मन क्लब बोरुसिया डर्टमुन्डले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगको खेलमा स्पेनिस क्लब सेभियालाई ३–२ ले पराजित गरेको छ ।

डर्टमुन्डका माहमुद दाहुदको एक गोल थपे । घरेलु मैदानमा सेभियाका सुसो र लुक डि जोङले गोल गरेपनि टोलीको हार टार्न सकेन । रमन साञ्चेज पिजुवान सेभियामा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको सातौ मिनेटमा सुसोको गोलबाट अग्रता लिएको थियो ।

१९औं मिनेटमा माहमुद दाहुदले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २७औं मिनेटमा हालान्डले जाडोन सान्चोको पासमा गोल गर्दै डर्टमुन्डलाई २–१ को अग्रता दिलाए ।

४३औं मिनेटमा कप्तान मार्काे रिउसको पासमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि डर्टमुन्डले पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भयो । खेल सकिन ६ मिनेट बाँकी रहँदा लुक डि जोङले गोल गरेपनि टोलीको हार टार्न सकेन ।

महत्वपुर्ण अवे जितसँगै डर्टमुन्डले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेगमा पनि यही नतिजा कायम रहे डर्टमुन्ड अन्तिम आठमा प्रवेश गर्नेछ । सेभियालाई कम्तीमा पनि २–० को जितको खाँचो छ । दोस्रो लेग डर्टमुन्डको मैदानमा १० मार्चमा हुनेछ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button