
६ फागुन २०७७
नकलबन्दा ।
श्री शुभ चिया किसान सहकारी संस्था लि मे न पा ४ को १३औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । केन्द्रीय चिया सहकारी संघका सदस्य अशोक सुव्वाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा आ व ०७६÷०७७ को लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्दै आ व ०७७÷०७८ को लागि नीति तथा कार्यक्रम पेश गरिएको थियो । संस्थाका अध्यक्ष समसेरवहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पानस कृषि सहकारी संस्थाका अध्यक्ष महेन्द्र राज मल्ल , ढुण्डिराज पौडेल लगायतले मन्तव्य राखेका थिए।



