खेलकुद

नेपोली युरोपा लिगबाट बाहिरियो

फागुन १४, २०७७

एजेन्सी – इटालियन क्लब नेपोली घरेलु मैदानमा जित दर्ता गरेपनि युरोपा लिगको राउन्ड अफ ३२ चरणबाटै बाहिरिएको छ ।

बिहीबार ग्रानडालाई २-१ ले हराएपनि समग्रमा ३-२ को हार बेहोर्दै नेपोली अन्तिम १६ मा पुग्न सकेन । पहिलो लेगमा नेपोली २-० ले पराजित भएको थियो । बिहीबार तेस्रो मिनेटमा नै पिटर जिलेन्सकीले अग्रता दिलाएपछि नेपोली खेलमा फर्कने सम्भावना बढेको थियो ।

२५ अौं मिनेटमा एन्जल मोन्टोरोले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले महत्त्वपूर्ण अवे गोल गरेपछि नेपोलीलाई खेल जित्न तीन गोल आवश्यक पर्यो । ५९ अौं मिनेटमा फाबियानले लोरेन्जो इन्सिग्नेको पासमा गोल गरे । थप गोल हुन नसक्दा ग्रानडा प्रि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

यस्तै प्रतियोगितामा एसी मिलानले घरेलु मैदानमा रेड स्टार बेलग्रेडसँग १-१ को बराबरी खेल्दै अन्तिम १६ मा स्थान बनायो । पहिलो लेगमा २-२ को बराबरी भएपछि मिलान अवे गोलको आधारमा अघि बढेको हो ।

आयाक्सले लिलमाथि २-१ को जित सहित समग्रमा ४-२ को अग्रता लिँदै अर्को चरणमा प्रवेश गर्यो । आर्सनलले घरेलु मैदानमा बेन्फिकालाई ३-२ ले हराउँदै समग्रमा ४-३ को जित सहित प्रि क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।

स्लाभिया प्रागविरुद्ध पहिलो लेग गोलरहित बराबरी खेलेको लेस्टर सिटी घरेलु मैदानमा २-० ले पराजित भएपछि युरोपा लिगबाट बाहिरियो । त्यस्तै बायर लेभरकुसन पनि योङ्ग ब्वाइजसँग लगातार हार बेहोर्दै अघि बढ्न सकेन ।

म्यानचेस्टर युनाइटेडले रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेपछि पहिलो लेगको ४-० को जितको आधारमा नै अघिल्लो चरणमा प्रवेश गर्यो । एएस रोमाले ब्रागालाई ३-१ को जितसँगै समग्रमा ५-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो ।

अोलम्पियाकोस पिएसभीको मैदानमा २-१ ले पराजित भएपनि समग्रमा ५-४ को जित दर्ता गर्न सफल रह्यो ‌। मोल्डले होफेनहाइममाथि लगातार दोस्रो जित दर्ता गर्दा रेन्जर्स रोयल एन्टवेर्पविरुद्ध सानदार जितसहित अघि बढ्यो ।

शाख्तरले मक्काबी तेल अभिभ र भिल्लारियलले साल्जबर्गमाथि लगातार जित दर्ता गरे । डिनामो किएभले क्लब ब्रुगको मैदानमा १-० को जित दर्ता गर्दै समग्रमा २-१ को अग्रता लिँदै अघिल्लो चरणमा प्रवेश गर्यो । डिनामो जाग्रेबले क्राज्नोडारलाई हराउँदै अन्तिम १६ मा स्थान बनायो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button