खबर

मेची मासु सहकारीको शेयर पुँजी एक करोड बढि

१४ फागुन २०७७

काकरभिट्टा ।
मेचीनगर १० काकरभिट्टामा रहेको मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको शेयर पुँजी एक करोड नाघेको छ । संस्थाको आज (शुक्रबार)सम्पन्न १३औँ साधारण सभामा अध्यक्षद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा संस्थाको शेयर पुँजी एक करोड ६३ लाख ७ सय पुगेको जनाईएको छ ।

सहकारी संस्थाका अध्यक्ष भगिरथ राईको सभापतित्व तथा नेपाल राष्ट्रिय सहकारी बैंका सञ्चालक दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार संस्थाको कारोबार ८ करोड १७ लाख ४७ हजार ५८२ पुगेको छ । त्यस्तै मेची मासु सहकारी संस्थाले आफ्ना सदस्यहरुको बिमा कार्यक्रम समेत यो बर्ष देखि लागु गर्ने भएको छ । त्यस्तै सदस्य स्वास्थ्य राहत योजना मार्फत २५ हजारसम्मको स्वास्थ्य खर्च उपलब्ध गराइने छ ।

सो कार्यक्रममा प्रमुख अतिथि सापकोटाले सहकारी संस्थाको बिषयमा राजनितिकि नेतृत्वले गहिरो ढंगबाट बुझ्न सके सहकारी संस्थाहरुले थप सेवा बिस्तार गर्न सक्ने बताउनु भयो । कार्यक्रम काकरभिट्टा क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, जनता समाजबादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, नेकपाका जिल्ला सदस्य डिल्लीराम घिमिरे, नाइट चेस क्लबका अध्यक्ष राजु कार्की, भुवन सुब्बा, तुलशीप्रसाद निरौला, भुपाल शिवाकोटी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम संस्थाका सचिब राजकुमार पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button